मेलम्ची बजार अनुगमन, अखाद्य बस्तु नष्ट

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेलम्ची,

मेलम्ची बजारमा बजार अनुगमन गरिएकाे छ । उद्याेग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चाेककाे नेतृत्वमा मेलम्चीकाे २५ वटा फर्मकाे अनुगमन गरिएकाे हाे ।

विहिवार उद्याेग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चाेकका कार्यालय प्रमुख निरिक्षक त्रिपुरारी वख्रेलकाे नेतृत्वमा भएकाे अनुगमनमा खाद्यान्न पसल, मेडिकल, डेरी, हाेटल लगायतका फर्ममा भेटिएका अखाद्य बस्तुहरू नष्ट गरिएकाे थियाे । अनुगमनकाे क्रममा १ मेडिकललाई १० हजार जरिवाना गरिएकाे थियाे ।

कागजपत्र नपुगेका कारण साे मेडिकललाई कारवाहि गरिएकाे कार्यालयका प्रमुख शिक्षक प्रविण कुमार बस्नेतले जानकारी दिनुभयाे । बिहिवार गरिएकाे अनुगमनबाट ५१ हजार २ सय १५ बराबरकाे सामान जफत गरि नस्ट गरिएकाे थियाे ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चाैतारा अस्पतालका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply