मेलम्ची, मेलम्ची नगरपालिकाको आयोजना र काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा सोमबार संचालित निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ५० जना भन्दा बढीले सेवा लिएका छन् ।
मेलम्ची नगर अस्पतालमा भएकोे शिविरको सुभारम्भ गर्दै प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले आफ्नै घर आँगनमा जनरल फिजिसियन,हाडजोर्नी तथा नशा रोग, आँखा परीक्षण, मुटुरोग, दन्त परीक्षण, बालरोग, मनोरोग, शल्यक्रिया लगायतका रोगहरुको निशुल्क सेवा पाउनु खुसिको कुरा भएको बताउनुभयो । कतिपयले रोगलाई लुकाउने तथा वेवास्ता गर्दा पछी जटील समस्या हुने हुँदा त्यस्तो कार्य नगर्न र शिविरमा खुलेर आफ्ना समस्या राखेर सेवा लिन सबैलाई आग्रह गर्नुभयो ।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको तर्फबाट प्रेम सुवालले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँगाउँमा पुगेर सेवा दिने गरेको जानकारी दिनुभयो । जटील रोग लागेका बिरामिहरुलाई अस्पतालले औषधि बाहेक खाने बस्ने सेवा नि शुल्क गर्ने गरी शिविर संचालन गरीएको उहाँले बताउनुभयो ।
एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, बालरोग, हाडजोर्नि तथा नशारोग, आँखा परिक्षण, मुटु परिक्षण, शल्यक्रिया, छाला तथा यौनरोग, दन्त परिक्षण, भिडियो एक्सरे, ई.सि.जि., ईको, रगत र पिसाब परिक्षण लगाएतका सेवा दिईएको थियो ।
यसअघि आइतबार ईन्द्रावती गाँउपालिकाकामा आयोजित स्वास्थ्य शिविरबाट ५ सय ९८ जनाले विभिन्न सेवाहरु लिएका थिए ।
