३४ वर्ष देखी फरार रहेका तामाङ पक्राउ

चौतारा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले आज ३४ वर्ष देखी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । २०४५ चैत २९ गतेको फैसला अनुसार नौ वर्ष दुई महिना आठ दिन कैद सजाँय भई फरार रहेका मेलम्ची ७ का ६६ वर्षिय खम्बे भन्ने जित बहादुर तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मानव वेचविखन […]

Continue Reading

पालिकाकै पुरानो राजेश्वरी माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सव मनायो

नवलपुर इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालयले आज आफ्नो ६० औं वार्षिकोत्सब मनाएको छ । पालिकाकै पुरानो विद्यालयको वार्षिककोत्सब कार्यक्रम गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शैक्षिक गुणस्तर सुधार्न गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक […]

Continue Reading

सिन्धुपाल्चोक २ मा माओवादीबाट युवराज दुलाल र चन्द्र बहादुर थापा सिफारिस

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक क्षेत्र न. २ बाट पनि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि २ नम्बरबाट प्रत्यक्ष तर्फ युवराज दुलाल र चन्द्र ब थापा सिफारिस हुनुभएको छ । पार्टीले क्षेत्र न. २ बाट समानुपातिक तर्फ तीन जनाको नाम सिफारिस गरेको छ । दलित कोटामा बलराम […]

Continue Reading

सिन्धुपाल्चोक १ मा माओवादीबाट सभामुख सापकोटा सहित ३ जना सिफारिस

चौतारा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा सभामुख अग्नि प्रसाद सापकोटा, […]

Continue Reading

सिन्धुपाल्चोक २ मा एमलेबाट पूर्व मन्त्री तामाङ सहित ३ जना सिफारिस

मेलम्ची नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । एमालेले सांसद शेरबहादुर तामाङ सहित माधव पाण्डे र हस्त पण्डितको नाम सिफारिस गरेको हो । शनिबार मेलम्चीमा बसेको क्षेत्रिय कमिटि बैठकले समानुपातिक तर्फ, कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङर पुर्व मन्त्री दावा तामाङको नाम […]

Continue Reading

रिटर्नी फेडेरेसनको जिल्ला अध्यक्षमा श्रेष्ठ

मेलम्ची रिटर्नी फेडेरेसन नेपाल बाग्मती प्रदेश कमिटिको आयोजनामा आज मेलम्चीमा सिन्धुपाल्चोक जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा २१ सदस्सीय कमिटि गठन गरेको रिर्टनीका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद शेरबहादुर तामाङले विदेशबाट फर्किएका युवाशक्तिलाई सहिठाउँमा परिचालन गर्नसक्नुपर्ने बताउनुभयो । युवाहरुको सिप, दक्षता र क्षमतालाई हेरेर […]

Continue Reading

राजनीति पेशा नभई जनताप्रति समर्पित समाजसेवा हो : युवा नेता श्रेष्ठ

मेलम्ची यतिबेला सवै राजनीतिक दलहरु आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनकालागि उम्मेदवार छनौटमा केन्द्रीत भएको छ । दलहरुले जिल्लाजिल्लाबाट पार्टीको तल्लो तहदेखि उम्मेदवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाउने कार्यलाई तीव्रता दिएको छ । सिन्धुपाल्चोकमा सक्रिय राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओबादी केन्द्र एकिकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सकै जसो पार्टीले […]

Continue Reading

जनताको साथमा कांग्रेस कार्यक्रम इन्द्रावतीको दुई वडामा सम्पन्न

नवलपुर आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा ४ र वडा १० मा सम्पन्न भएको छ। आज नवलपुरमा सिन्धु कांग्रेसका पुर्वसभापती विकास लामाको प्रमुख आतिथ्य र इन्द्रावती ४ का वडा सभापति एवम् वडाध्यक्ष क्षेत्र बहादुर तामाङको सभापतित्वमा […]

Continue Reading

कांग्रेस सिन्धुपाल्चोकको उम्मेदवार छान्ने जिम्मा सभापति लामालाई

चौतारा नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामालाई दिइएको छ । जिल्ला कार्यसमितिको आज बसेको बैठकले क्षेत्र र प्रदेशसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामा लाई दिएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । नेपाली कांग्रेस सिन्धुपाल्चोकको बैठकले उम्मेद्वार छनौटको सम्पूर्ण अधिकार जिल्ला सभापती जंग बहादुर लामा […]

Continue Reading

अनेरास्ववियु मेलम्ची नगरकमिटिको अध्यक्षमा रामहरि कार्की

मेलम्ची अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेलम्ची नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको अनेरास्ववियु सिन्धुपाल्चोकका सह सचिव नवीन पाण्डेले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा विभाग प्रमुख कृष्णगोपाल तामाङको प्रमुख आतिथ्यतामा आज बसेको बिस्तारित बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको हो […]

Continue Reading