जनता आमूल परिवर्तनको पक्षमा छ : अध्यक्ष नेपाल

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची । 
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष, माधव कुमार नेपालले संघीयतालाई जोगाउन सबै एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उहाँले पञ्चायत बिरूद्व कांग्रेस र कम्युनिष्ट दुवै लडेका र अझै पनि जनता आमूल परिवर्तनको पक्षमा रहेको धारणा राख्नुभयो ।

जनताको बलिदानीबाट प्राप्त उपलब्धी माथी अहिले प्रतिगामीहरूले हमला गरेको बताउँदै अध्यक्ष नेपालले,  अहिले पनि राजावादीहरूले राजा फर्काउन कोसिस गरिरहेको तर अब त्यो सम्भव नरहेको उनको भनाई छ । 

जनताको प्यारो पार्टी कम्युनिष्ट पार्टी भएकोले, पार्टी भित्र  विकृतिहरू भए हटाउँदै जानुपर्ने र पार्टीले जनताको सेवक रूपमा काम गर्दै प्रतिगामीको विरुद्ध लड्दै जानुपर्ने उहाँले बताउनुभयो ।

समाजवादी पार्टी कहिल्यै विदेशीहरूको खेलौना बन्न नसक्ने भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “२०७४ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ मत आयो तर अरूलाई आरोप प्रत्यारोप गरेर कम्युनिष्ट पार्टी चोइटिएर गयो । हाम्रो पार्टीलाई राष्ट्रपतिको अफर आएको थियो, पदको निमित्त हामी लालहित भएनौँ ।, कुनै लोभ मोह नगरी संविधान निर्माणको लागि एकताबद्ध भयौँ ।” संविधान रक्षाको लागि समाजवादी पार्टी सधै एकताबद्ध भएर लाग्ने अध्यक्ष नेपालले बताउनुभयो ।

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो ।

Leave a Reply