विपदको पूर्वतयारी तथा प्रतिकार्यको लागि तयारी अवस्थामा छौँ : नगरप्रमुख तामाङ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगुवाईमा स्थानीय विपद प्रतिकार्य ढाँचा निर्माण सम्बन्धी बैठक मेलम्चीमा सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा मेलम्ची नगरपालिकाको सहजीकरणमा नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न बैठक भएको हो ।

बैठकमा स्थानीय विपद् प्रतिकार्य नमुना ढाचा (LDRF) र कृत्रिम घटना अभ्यास सञ्चालन प्रक्रिया र नमुना दस्तावेज निर्माण सम्बन्धमा छलफल भएको छ । बिपदको समयमा अप्ठ्यारो परिस्थिति आउन सक्ने भएकोले त्यसको बारेमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिपद प्रतिकार्य ढाँचा बन्दै गरेको जानकारी गराइएको थियो ।

कार्यक्रममा विपद् व्यवस्थापन चक्रको बारेमा अवगत गराइनुका साथै, जोखिम सुचकाङ्कको बारेमा जानकारी गराईएको छ । नगरपालिकाले कृत्रिम घटना अभ्यास भने यसअघि नै गरिसकेको छ । कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख तामाङले मेलम्ची नगरपालिका बिपद् पूर्व तयारीमा रहेको बताउनुभयो ।

“हामी विपद् पुर्व तयारीमा छौँ,” तामाङले भन्नुभयो “यहाँको साथीहरू विपद्को पुर्व तयारीको लागि सशक्त छौँ । यहाँको नागरिक पनि चनाखो छ विपद आइपरिरहने ठाउँ भएकाले तिनै तहको सरकार, सुरक्षा निकाय र पत्रकार सबैजना पुर्व तयारीमा छौँ । हामीसंग विपद पुर्वतयारीका सबै सामाग्रीहरू लगायत जनशक्ति उपलब्ध छ । हामी संग दमकल छैन ।”

सुख्खा मौसममा हुने विपदको पूर्वतयारी तथा प्रतिकार्यको लागि तयार अवस्थामा रहेको बताउँदै सम्भावीत जोखिम न्युनिकरण गर्न स्थानिय तथा वडा विपद व्यवस्थापन समितिको वैठक नियमित राखि पुर्वतयारी तथा प्रतिकार्यको योजना बनाई कार्यान्वयन गर्ने नगरप्रमुख तामाङले बताउनुभयो ।

Leave a Reply