रेडियो मिसन, चौतारा ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चौतारा साँगाचोकगढी नगर सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
शनिबार चौतारामा आयोजित रास्वपाको नगर भेलाले उपाध्यक्षमा उत्तम ठकुरी,सचिबमा कृष्णबहादुर गिरी र कोषध्यक्षमा शान्ती थिङ चयन हुनुभएको हो । सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ,कृष्ण गिरी, देवि दुलाल र सीता गिरी रहनुभएको छ ।
साथै चौतारामा आयोजित रास्वपाको नगर भेलालाई सम्बोधन गदै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको र रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भएको छ।
पार्टी जिल्ला संयोजक माया गुरुङको सभापतित्वमा भएको कार्यक्रममा साँसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय संगठन विभाग सचिब शंकर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा अच्युतम लामिछाने, बागमती प्रदेश प्रवक्ता प्रशान्त अर्याल, कृष्णमान श्रेष्ठ, स्थानीय उत्तम ठकुरी, शान्ती थिङ, दीपकराज गिरी, विमल गिरी लगायत वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।