रेडियो मिसन, ग्याल्थुम ।
मेलम्ची भ्याली क्याम्पस हेलम्बु गाउँपालिका ४ मा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी हुनुभएको छ । सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेविसंघका रणजित कार्कीले ५१ मत प्राप्त गर्नुभयो ।
यस्तै, सचिवमा अखिल क्रान्तिकारीका राजन गिरी ७२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी आइती तामाङले ४९ मत मात्रै पाउनुभयो । यस्तै, कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रदिप गुरागाईं ७२ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेविसंघकी भावना लामिछानेले ४९ मत पाउनुभयो ।
सदस्यमा गोकुल लामिछाने ७१, सरिता जोती ६८ मत ल्याएर विजयी हुनुभयो । सुन्तली तामाङ निर्विरोध हुनुभयो । सदस्यमा निर्वाचित तामाङ र ज्योति अखिल क्रान्तिकारीकी हुनुहुन्छ भने लामिछाने एमाले निकट अनेरास्ववियुबाट हुनुहुन्छ ।