बालसुधार माविमा नवनिर्मित सरस्वती मन्दिर उद्घाटन 

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन भएको छ । सोही विद्यालयका २०६० सालका एस एल सि ब्याज द्वारा निर्मित मन्दिरको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान ,समाजसेवी तथा सम्मानित व्यक्तित्व डाक्टर  कृष्णप्रसाद सुवेदी, वडा अध्यक्ष पासाङ तामाङ, लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।  […]

Continue Reading

नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल

चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चयन हुनुभएकाे छ । शनिवार भएकाे जिल्ला कमिटिकाे बैठकले जिल्ला कमिटि पुनर्गठन गर्दै अध्यक्षमा विनाेद खनाल लाई चयन गरेकाे छ । उपाध्यक्षमा अनिता लामा, सचिव कुमारराज घतानी, उपसचिव तथा १ नं […]

Continue Reading

मेलम्चीमा तामाङ भाषामा पढाई हुने

रेडियो मिसन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम ल्याइन लागेको बताउनुभएको […]

Continue Reading

ऐसेलुखर्क माबिमा शुभकामना आदान-प्रदान एवम् अभिनन्दन कार्यक्रम सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान एवम् बिद्यालयका पुर्व व्यस्थापाक, प्रशासक, शिक्षक र बिशेष क्षेत्रमा उत्कृष्ठता हासिल गरेका पूर्व विद्यार्थी तथा बिशेष सहयोगी व्यक्ति र सामाजिक संस्थाहरुको लागि अभिनन्दन गरेको छ । बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालको प्रमुख […]

Continue Reading

अभयानन्दको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न

अभयानन्द शिक्षा क्याम्पसको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । आज एक कार्यक्रम आयोजना गरी क्याम्पसले बार्षिकोत्सव तथा साधारण सभा गरेको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाँउठाँउमै क्याम्पस हुनु गौरवको विषय भएको बताउनुभएको छ । क्याम्पस सुरुवात गर्न पहल गर्नुहुने सबैप्रति […]

Continue Reading

सरस्वती मावि बचाउन पुर्व विद्यार्थीहरुको अभियान शुभारम्भ

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ कै शिक्षाको दर्विलो इतिहाँस बोकेको श्री सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम स्कुल मेलम्ची नदीको कटानसंगै उच्च जोखिममा परेको छ । बाढीले पटकपटक कटान गरि हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयको भौतिक संरचना समेत बगाउने अबस्थामा पुगेपछि सो विद्यालय जोगाउनका लागि पुर्व विद्यार्थीहरुको अहिले एकै ठाउमा भेला भै विभिन्न […]

Continue Reading

सिन्धु युएस वेलफेयरद्धारा एसइईमा उत्कृष्ठ पाँच विद्यार्थीलाई सम्मान

सिन्धु युएसए वेल्फेयर सोसाईटी र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सिन्धुपाल्चोक जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार काठमाडौँको बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा २०७९ को एसईईको परीक्षामा सहभागी भइ उत्कृष्ट अंक ल्याएर पास हुने विभिन्न विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् । अमेरिकामा बस्दै आएका सिन्धुपाल्चोकबासीले जिल्लाका विभिन्न विद्यालयका दुई […]

Continue Reading

राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाललाई पुरस्कृत गरीने भएको छ । ‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा देशभरबाट १६७ जना सम्मानित हुँदा सिन्धुपाल्चोकबाट लामा र नेपाल सम्मानित हुन लाग्नुभएको हो । हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक लामाले सो बोर्डिङमा गरेको योगदानका आधारमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । […]

Continue Reading

सार्बजनिक बिदाको दिन नभनि पठनपाठन पुरा गर्ने छौं : खतीवडा

नेपाल शिक्षक महासघं सिन्धुपाल्चोकका अध्यक्ष कुमार प्रसाद खतीवडाले आन्दोलनमा सहभागी हुन सबैमा अनुरोध गर्नूभएको छ । असोज ३ देखि विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुको तयारी रहेको छ । खतिवडाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत १० वटा बुंदामा सुझाव सहीत आन्दोलनमा सहभागि हुन सबैलाई आग्रह गर्नुभएको हो । उहाँका दश सुझाव जस्ताको तस्तै : १. […]

Continue Reading

नवलपुर भ्याली स्कुलले र्याली सहित राष्ट्रिय बाल दिवस मनायो

रेडियो मिसन ।राष्ट्रिय बाल दिवस नवलपुर भ्याली स्कुलले बिशेष कार्यक्रम गरी मनाएको छ । स्कुलले र्याली सहित बिबिध साँस्कृकि कार्यक्रम तथा पुरष्कार बितरण गरी मनाएको हो । बिद्यालयले बालमैत्री शासन बाल अधिकारको सम्मान, बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी लगायतका प्लेकार्ड सहित बिद्यालय देखी गाउँपालिका भवनसम्म र्याली निकालिएको थियो । बिद्यार्थी शिक्षक अबिभावक लगायतको सहभागी र्याली […]

Continue Reading