मेलम्चीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

* # खेलकुद पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट मेलम्चीमा सुरु भएको ।

प्रतियोगिताको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथी आइतमान तामाङले खेलले खेलाडीहरुलाई अनुशासित बनाउने उल्लेख गर्नुभयो । उहाँले वडा वडामा खेल मैदान बनाउने काम भइरहेको उल्लेख गर्दै मैदान बनेपछि थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रमुख तामाङले खेलाडी हरुको सहजताका लागी खेलकुदका लागी आवश्यक सम्पुर्ण संरचना निर्माण गर्ने बताउनुभयो ।

उहाँले मेलम्ची ११ बगरमा निमार्णाधिन खेल मैदान संरक्षण गर्ने जिम्मा नगरपालिकाको भएकाले संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हरेक विद्यालयमा खेलकुद प्रशिक्षक र नृत्य प्रशिक्षक राख्ने र आगामी दिनमा सबै खेलकुदलाई समेट्दै अगाडि बढ्ने प्रमुख तामाङले उद्घोष गर्नुभयो । कार्यक्रममा पूर्व बागमती प्रदेशका कृषि तथा पशुपन्छि राज्य मन्त्री इन्द्रमाया गुरुङ,मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान,निवर्तमान उपप्रमुख भगवती नेपाल,इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ,शिक्षा युवा तथा खेलकुद विकास शाखाका अधिकृत सुधिनराज बुढाथोकी लगायतले सुभकामना ब्यक्त गर्नुभएको थियो ।

उहाँहरुले अझैपनि कतिपय खेलहरु विभिन्न समस्याका कारण खेलाउन नसकेको उल्लेख गर्दै आगामी दिनमा ति कुराहरुलाई ध्यानमा राख्दै अगाडी बढ्न पर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा नगरपालिका भित्रका २२ वटा माध्यमिक विद्यालयहरु सहभागी रहेका छन् । प्रतियोगितामा भलिवल,कराँते,रिले दौड,हाइजम्प,लङजम्प,सर्टफुट,ज्याभलिङ थ्रो लगायतका खेलहरु खेलाइने शिक्षा युवा तथा खेलकुद विकास शाखाका अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा वडा नम्बर ६ को दलित समुदायलाई पञ्चे बाजा वितरण गरीएको थियो ।

May be an image of 1 person
May be an image of 6 people, dais, temple and text
May be an image of 7 people and text that says 'नगर स्तराय'
May be an image of 4 people and text that says 'नगर दपति रनिड f ခo 50 पौष ९ देर'
May be an image of 5 people and text
May be an image of 5 people, dais and text that says 'ट्रका लागि खेलाडी" पालिका कार्यालय Svdிdள ද य ड प्रतियोगिता आयोजक मेलम्ची नगरपालिका मची सिन्धुपाल्चोक ११ सम्म'
May be an image of 6 people, dais and text

Leave a Reply