सिन्धु प्याब्सनद्धारा संगठनमा आबद्ध पुर्व प्राथमिक तहका शिक्षकलाई तालिम

रेडियो मिसन ।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले पुर्व प्राथमिक तहका शिक्षक शिक्षिकाहरुका लागी एकदिने आधारभूत तालिम दिएको छ। प्याब्सनले एभरेस्ट पब्लिकेसनसंग मिलेर जिल्लामा प्याब्सनसंग आबद्ध बिद्यालयका मुख्यत आधारभूत तहका बिद्यालय लक्षित सो तालिम दिइएको हो । काभ्रेको जिरोकिलो स्थित सिन्धु मिलन होटलमा सम्पन्न तालिममा सिन्धुपाल्चोकका नौ वटा संस्थागत बिद्यालयका ४५ जना पुर्व […]

Continue Reading

जलवाइदेबीले मनायो आफ्नो ४९ औँ वार्षिकोत्सव

रेडियो मिसन, क्यौरानी । मेलम्ची नगरपालिका ८ क्यौरानीमा रहेको जलवाइदेबी माध्यमिक विद्यालयले बुधवार आज ४९ औ वार्षिक उत्सव तथा २० औ अभिभावक दिवस मनाएको छ । बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष रामशरण गिरीको सभापतित्व र मेलम्ची नगर पालिकाका प्रमुख अमाइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी तामाङले बिद्यालयमा दरबन्दीका शिक्षक आवश्यक […]

Continue Reading

बजेट अभावका कारण खेल गतिविधी रोकीन हुन्न : अध्यक्ष नेपाल

रविन दनुवार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा र इन्द्रावती गाउँपालिकाको सहयोगमा राजेश्वरी मावि द्वारा आयोजित  पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको समापन भएको छ ।  इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो।  छात्र भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि दोस्रो ऐसेलुखर्क मावि र तेस्रोमा भिमेश्वरी […]

Continue Reading

प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवनको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको उद्घाटन गर्नुभएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गर्नुभएको थियो । सो समारोहमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य […]

Continue Reading

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल […]

Continue Reading

सरस्वतीशङ्कर माध्यमिक विद्यालयको भवन उद्घाटन

रेडियो मिसन, बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७, थगाममा रहेको सरस्वतीशङ्कर माविको नवनिर्मित आठकोठे भवनको उद्घाटन गरिएको छ । भवनको प्रतिनिधिसभा सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उद्घाटन गर्नुभएको हो । कार्यक्रमकै अवसर पारेर उहाँले समाजसेवी शङ्कर श्रेष्ठ र शेखर श्रेष्ठको बुबाआमाको विद्यालय प्राङ्गणमा निर्माण भएको अर्धकद प्रतिमाको अनावरण गर्नुभयो । […]

Continue Reading

कम्युनिटी सेकेन्डरीको नँया अभ्यास, अभिभावकको नृत्य प्रतियोगिता सम्पन्न

मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुल मेलम्चीले सरस्वती पुजा बिशेष कार्यक्रम गरि मनाएको छ । पुजाको अवसर पारेर बिद्यालयले अभिभावकहरूको नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नृत्यमा सहभागी सम्पूर्णलाई मायाको चिनो वितरण गरिनुका साथै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुहुने प्रतियोगीहरुलाई क्रमश पाँच हजार, तीन हजार दुई हजार र एक हजार नगद पुरस्कार प्रदान गर्नुको साथै […]

Continue Reading

जन्मदिनमा आचार्यले बाँडे विद्यार्थीका लागि स्टेशनरी सामान

रेडियो मिसन, नवलपुर ।इन्द्रावती ५ का कुमार आचार्यले आफ्नो जन्मदिनको अवसरमा बिद्याथीहरुलाई स्टेसनरी सामाग्री वितरण गर्नुभएको छ । आचार्यले जनसुधार निम्न माध्यमिक विद्यालय धुसेनीका कक्षा १ देखि ८ सम्मका २० विद्यार्थीलाई स्टेशनरी सामान वितरण गर्नुभएको हो ।विद्यालयमा आज आयोजित सरस्वती पूजाको अवसर पारेर उहाँले स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको हो ।‘जन्मदिनको अवसरमा जेहनदार विद्यार्थीका लागि हौसला […]

Continue Reading

सेतीका देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न

रेडियो मिसन, भोटेचौर । मेलम्ची १ झांग्रीगाउँमा रहेको श्री सेतीका देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न बिहिवार भएको छ । नगरप्रमुख आईतामान तामाङको प्रमुख आतिथ्यतामा विद्यालयको ६२ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष कृष्ण मुरारी चौलागाईं, र व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बुद्धिजीवी, समाजसेवी  लगायतको उपस्थिति रहेको थियो ।  वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट अङ्क ल्याई […]

Continue Reading

जलेश्वरी आधारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव सम्पन्न 

 रबिन दनुवार, नवलपुर । इन्द्रावती गाउपालिका वडा नम्बर ४ पाडामरुवा स्थित श्री जलेश्वरी आधारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमसेन अधिकारीले  निमावि तहको दरबन्दीको अभाव भएको बताउनुभयो । अधिकारीले अभाव शिक्षक दरबन्दीको व्यवस्थापन गरिदिन पालिका अध्यक्ष […]

Continue Reading