समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती ५ मा रहेको नमोबुद्ध आधारभूत विद्यालयमा समाजसेवी अरुण लामाको पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच अभिभावक तथा विद्यालय व्यावस्थापन समितिका पधादीकारीहरुको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो । 

नेपाली काँग्रेस खेलकुद विभाग केन्द्रीय सदस्य तथा नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उपाध्यक्ष तथा समाजसेवी अरुण लामाको पहलमा अमेरिका निवासी राम श्रेष्ठको सहयोग तथा नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि प्रकाश सापकोटाको संयोजनमा शैक्षिक सामाग्री वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश सापकोटाले बालबालिका भोलिको कर्णधार भएको बताउनुभएको छ । आजका बालबालिकामा गरिएको लगा निले भोलि ठुलो प्रतिफल पाउने उहाँले बताउनुभएको छ । विद्यालयमा केही भए पनि सहयोग गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । साथै उहाँले राम श्रेष्ठ तथा पार्वती श्रेष्ठलाई धन्यवाद समेत दिनुभएको छ । गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री विद्यालय बनाउन कम्प्युटर, प्रिन्टर र स्क्यान र दिन पाएकोमा सापकोटाले खुसी व्यक्त गर्नुभयो । 

यस्तै कार्यक्रमको अवसरमा बोल्दै समाजसेवी तथा कार्यक्रमका विशिष्ट अतिथि अरुण लामाले विद्यालयलाई यस अधि पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गरी रहने उहाँले बताउनुभयो । शिक्षा देशको मेरुदण्ड भएकाले अब प्रविधिमैत्री र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बेला आएको उहाँले बताउनुभयो । शिक्षाकै कारणले अन्य देशहरूमा विभिन्न खोज तथा अनुसन्धान गर्न सफल भएकाले अब त्यतातिर ध्यान दिनुपर्ने बेला आएको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षाको अभावले देशमा बेरोजगारी मौलाउँदै गएको पनि उहाँले बताउनुभयो । बालबालिकाहरूको सिकाई उपलब्धि विकासको लागि आफूले सक्ने सहयोग गरी रहने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । लामा गत निर्वाचनमा ईन्द्रावती ५ मा वडा अध्यक्षको प्रत्यासि रहनुभएको थियो । मतान्तरको आधारमा निर्वाचन हारेपनि समुदायको हित हुने काममा जोडीरहने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक अच्युतम कोइरालाले सहयोगी दाताहरूमा धन्यवाद दिनुभएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी युवाहरूको पनि उपस्थिति रहेको थियो । 

साथै कार्यक्रममा दाताहरु प्रकाश सापकोटा र अरुण लामालाई लाई १०५ किलोको मालाले सम्मान गरीएको थियो ।

Leave a Reply