सिन्धुपुरानागाउँ माविको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न 

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, सिन्धुकोट

श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धु कोटको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि एवं मेलम्ची नगरपालिकाकाका नगर प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्दै ७५ औँ जन्म जयन्ती ( हीरक महोत्सव ) मनाउँदै गर्दा नेपाल सरकारको उच्च पदमा पुग्न सफल विद्यालयका पूर्व विद्यार्थी हरूलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । उहाँले नगरपालिका भित्रका शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ भनेर १३ वटै वडा भित्रका प्रधानाध्यापक हरूसँग अन्तर्क्रिया गरी सुझाव सङ्कलन गरेको बताउनुभयो । केही विद्यालयमा विज्ञ नियुक्ति गरेको समेत उहाँले बताउनुभयो । 

उहाँले नगरपालिकाको शिक्षा समितिले पठनपाठनको विषयमा अनुगमनलाई तीव्रता दिँदै अनुगमनको क्रममा भेटिएका कमी कमजोरी लाई समाधान गर्दै आएको बताउनुभयो । नगर पालिका भित्रका केही विद्यालयहरूमा दिवा खाजा शिक्षक नियुक्ति लगायतका गुनासो आइरहेकाले यसलाई छिट्टै व्यवस्थापन गर्ने बताउनुभयो । प्रमुख तामाङले सो विद्यालयमा आवश्यक खेल मैदान विद्यालयको भवन स्तरोन्नति लगायतका विषयमा नगरपालिका सधैँ साथमा रहेको बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि एवं मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले यस विद्यालयका पूर्व विद्यार्थीहरू धेरै सङ्घ संस्थाको उच्च पदमा कार्यरत रहेकाले यो कुरामा नगरपालिका सहित विद्यालयले गर्व गर्ने क्षण भएको बताउनुभएको छ । उहाँले विद्यार्थी हरूलाई खाली पढाउने मात्र भन्दा पनि अन्य क्रियाकलापमा पनि ध्यान दिनुपर्छ भनेर नगरपालिकाले हरेक विद्यालयमा स्काउट शिक्षक, खेलकुद शिक्षक र नृत्य शिक्षक नियुक्ति गर्ने बताउनुभयो । विद्यार्थीहरूले र शिक्षकहरूले आफ्नो विद्यालयको राम्रा कुरा अन्य विद्यालयका शिक्षक शिक्षिका हरूलाई सिकाउने र आफूले पनि राम्रो कुरा सिक्नुपर्ने बताउनु भयो  । उहाँले अझ विद्यालयलाई उचाइमा पुर्‍याउन शिक्षक विद्यार्थी लगायतको महत्त्वपूर्ण भूमिका हुने भन्दै सबैमा हातेमालो गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा मेलम्ची नगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु रायमाझी मेलम्ची नगरपालिकाका निवर्तमान उप प्रमुख भगवती नेपाल नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक ( एस एस पी ) एवं विद्यालयका पूर्व विद्यार्थी धु्रव राउत जिल्ला विकास तथा समन्वय इकाई का प्रमुख कृष्ण प्रसाद सुवेदी  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक कुमार खतिवडाले प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी चन्दा दाता र हाल स्वास्थ्य तर्फ निजामती तर्फ र पत्रकारिता तर्फ योगदान पुर्‍याउने  पूर्व विद्यार्थी हरूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्थानीय तथा विद्यार्थी कलाकारहरूको बेजोड साँस्कृतिक कार्यक्रम रहेको थियो ।

Leave a Reply