मेलम्चीमा सामाजिक शिक्षकहरुको क्षमता विकास कार्यशाला भेला सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल, सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका भित्रका विद्यालयमा कार्यरत सामाजिक विषय शिक्षकहरुको एक दिने क्षमता विकास कार्यशाला भेला मेलम्ची नगरपालिकाको सहयोगमा सम्पन्न गरेको छ । आधारभूत तथा माध्यमिक तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रम प्रबोधिकरण, आन्तरिक मूल्याङ्कन प्रक्रिया एवं साधन, सैद्धान्तिक मूल्याङ्कनका लागि प्रश्नपत्र निर्माण लगायतका विषयमा समाजका केन्द्रिय महासचिब ज्ञानबहादुर अधिकारीको सहजीकरणका शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

आधारभूत तथा माध्यमिक तहमा कार्यरत कबि ३५ जना शिक्षकहरुको सहभागितामा समाजका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाभित्रका विद्यालयहरुमा आन्तरिक मूल्याङ्कनका सम्बन्धमा भइरहेका अभ्यास र चुनौतीहरुकोहरुको आदानप्रदान गरिनुका साथै मूल्याङ्कनमा एकरुपताका निीम्त प्रतिवद्धता गरिएको छ ।

र्यक्रममा मेलम्ची ११ का वडा सदस्य प्रतिमा धिताल, इन्द्रावती क्याम्पस मेल्म्चीका प्रमुख राधाकृष्ण श्रेष्ठ, नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पाठ्यक्रममा परिवर्तन भएपनि त्यस अनुसार शिक्षकको तहसम्म पर्याप्त प्रबोधिकरण हुन नसक्दा पाठ्यक्रमको मर्म अनुसार सिकाइ सहजीकरण र मूल्याङ्कन प्रक्रियालाई एकरुपता ल्याउन कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा शिक्षकहरुकै अग्रसरतामा आपसमा अनुभव र अभ्यासहरुको आदानप्रदान गर्ने गरी विषयगत विज्ञहरुको सहजीकरणमा निरन्तर यस्ता कार्यक्रम गर्दै जाने योजना रहेको समाजका सदस्य एवं तेर्से मा.वि. का सामाजिक शिक्षक कृष्ण ढुङ्गानाले जानकारी दिनुभएको छ ।

कार्यक्रमको संयोजन तथा सञ्चालन सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल, सिन्धुपाल्चोकका सचिब लेखनाथ भट्टराईले गर्नुभएको थियो ।

Leave a Reply