तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्रको सुधारमा लाग्नु पर्छ : सांसद तामाङ

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिका वडा नम्बर -३ पाल्चोक स्थित जय बागेश्वरी माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले  विद्यालयलाई आवश्यक  सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यस आर्थिक वर्षमा पाल्चोकमा ९-१० वटा योजना रहेको बताउँदै आगामी दिनमा अझै बजेट विनियोजन गरी विकासको काम काम गरिने बताउनुभयो ।अहिले बजेट नपरेको स्थानलाई ध्यान दिने प्रतिबद्धता ब्यत्त गर्नुभयो ।

उहाँले खेलकुद मैदानको लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्य सामग्री, शिक्षक लगायत पनि सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले खेल सामग्री कहि दिनमै सहयोग गर्ने बताउँदै तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्र सुधारमा लाग्नु पर्ने बताउनुभयो । उहाँले अरूले सहयोग नगरे आफैँले कम्प्युटर मर्मत लगायत काम गरिदिने बताउनुभयो ।

हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले विद्यालयले सुधार्न पर्ने कुरा सुधार गर्नुपर्ने बताउँदै उहाँले पालिकाले ठुलो रकम शिक्षामा खर्च गरेको बताउनुभयो । विद्यालय अनुगमन संयोजक मार्फत स्कुलका समस्या यथार्थ आउने र त्यसको समाधान गरिने बताउनुभयो ।

कार्यक्रममा हेलम्बु -३ का अध्यक्ष दीपक खडका, गाउँपालिका विद्यालय अनुगमन संयोजक नेत्र भट्टराई लगायतले शुभकामना सहित शिक्षा सुधारमा सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयको प्रतिवेदन प्रधानाध्यापक राम गोपाल श्रेष्ठले प्रस्तुत गर्नुभयो । उहाँले थप शिक्षक , खेल मैदान , स्कुल नर्स , सरस्वती मन्दिर लगायतमा सहयोग गर्न प्रमुख अतिथिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply