इन्द्रावती ८ मा रहेको श्री पञ्चकन्या आधारभुत विद्यालयको ४३ औं वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दुलालले विद्यालयमा रहेको शैक्षिक तथा भौतिक अभाव पूर्तिका लागि पालिकाले सहजिकरण गर्दै जाने बताउनुभएको छ । पालिकामा शैक्षिक क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरु संग पनि समन्वयकारी भुमिका निर्वाह गर्ने उहाँले बताउनुभएको छ । शैक्षिक सुधारमा अपेक्षित उपलब्धि हासिल हुन अझै धेरै मेहनतको आवश्यकता रहेको दुलालले बताउनुभएको छ । सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । बालबालिकामा गरेको लगानीले भोलि देश समुदाय र परिवार नै समुन्नत हुने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमको अवसरमा बोल्दै इन्द्रावती गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले विद्यालयहरुले शैक्षिक उपलब्धीलाई विषेश जोड दिने बेला आएको बताउनुभएको छ । अभिभावकले घरमा बालबालिकालाई विशेष हेरचाह गरी शिक्षण सिकाई क्रियाकलापमा सघाउन आग्रह गर्नुभएको छ । वडा तहले आफ्नो तहबाट काम गरीरहेको भएपनि अझै धेरै काम बाँकी रहेकोले सबै मिलेर विद्यालय राम्रो बनाउन लाग्नुपर्ने बताउनुभएको छ । शैक्षिक उपलब्धि साविकभन्दा बढिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशि नाथ आचार्यले पालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको तर प्रतिफल सोचेजस्तो नआएको बताउनुभएको छ । अबका दीनमा प्रविधि तथा पाठ्यक्रममा शिक्षकहरू परिस्कृत हुँदै जानुपर्नेमा उहाँले जोड दिनुभएको छ । नीजि विद्यालयसँग प्रतिस्पर्धामा सामुदायिक विद्यालय अब्बल बन्नुपर्नेमा अध्यक्ष आचार्यले बताउनुभयो । साथै अभिभावकले पनि आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा पुर्व शिक्षक सम्मान अन्र्तगत संस्थापक शिक्षक डम्बर बहादुर तामाङ, पुर्व शिक्षकहरु सोमनाथ डोटेल, दयाराम तामाङ, सम्झना तामाङ, अनु लामा र केशवराज रोक्कालाई सम्मान गरीएको थियो । यस्तै शैक्षिक बर्ष २०७९ उत्कृष्ट शिक्षक शान्ता अधिकारीलाई सम्मान गरीएको थियो भने आन्तरीक प्रतिष्पर्धामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।
कार्यक्रममा प्रधानाध्यापकको तर्फबाट बिष्णु बहादुर थापा, पुर्व वडा अध्यक्ष केदारनाथ आचार्य, इन्द्रावती गाँउपालिका बालमैत्री सहजकर्ता नि ईन्द्र आचार्य लगायतले शुभकामना गन्तब्य राख्नुभएको थियो भने कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा, वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र कुमार खाती, जर्मन नेपाल प्रतिनिधि चन्द्र श्रेष्ठ विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू लगाएतको सहभागितामा भएको कार्यक्रममा प्रधानाध्यापक धु्रव सिग्देलले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका शिक्षक सन्तोष चौलागाईले सञ्चालन गर्नुभएको कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
आव विद्यालयलाई विद्यालयलाई ज्यामिरे सिम्बारिखर्क टोल बिकास संस्थाले नगद १५ हजार सहयोग गरेको छ । विद्यालयले शिक्षकहरुको सहयोगमा बालबालिकाले निर्माण गरेको शैक्षिक प्रर्दशनी पनि भव्य रुपमा सम्पन्न भएको छ ।