हेल्प द्वारा ज्योति भञ्ज्याङ्का ११५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
हेलम्बु एजुकेसन एण्ड लाइभलिहुड पार्टनरसिप (हेल्प) ले मेलम्ची नगरपालिका – ७ स्थित ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयका ११५ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

आज एक कार्यक्रमका विच हेल्पका अध्यक्ष जिमी लामाले देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई न्यानो कपडासंगै पुस्तकालयका लागि ७८ प्रकारका पुस्तक समेत प्रदान गर्नुभएको छ।

पुस्तकालयका लागि विभिन्न शीर्षकका ७७ प्रकारका पुपुस्तकहरू प्राप्त गरे संगै शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास लिएको प्रधानाध्यापक धिरज श्रेष्ठले बताउनुभयो । साथै सहयोगका लागी प्रधानाध्यापक धिरज श्रेष्ठले हेल्प प्रती आभार पनि प्रकट गर्नुभयो ।

कार्यक्रम पश्चात् हेल्पले शिक्षकहरूसंग अन्तरक्रिया गरेको छ । आगामी दिनमा विद्यालयलाई थप शैक्षिक सहयोग गर्दै जाने हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो।

विद्यालयका अध्यक्ष वीरबहादुर दोङको पहल र वडाको सिफारिसमा हेल्पले विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङ, हेल्पका अध्यक्ष जिमी लामा, विद्यालय व्यवस्थापन समिती अध्यक्ष विरबहादुर दोङ लगायतको उपस्थित रहनुभएको थियो ।

Leave a Reply