आफूले पढेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ : समाजसेवी सुवास तिरुवा

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

समाजसेवी, नेपाली कांग्रेसका नेता एवं नेपाल ग्रिल तथा स्टिल व्यवसायी सुवास तिरुवाले आफूले अध्ययन गरेको विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग पुर्‍याउन पाउँदा खुसी व्यक्त गर्नुभएको छ।

​सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै तिरुवाले उक्त कुरा बताउनुभएको हो।

​आफ्ना स्वर्गीय हजुरबुवा विक्रम तिरुवा र हजुरआमा मनमाया तिरुवाको स्मृतिमा उहाँले विद्यालय परिसरभित्र २ लाख २० हजार रुपैयाँको निजी लागतमा कार्यक्रम स्थल (स्टेज/मञ्च) निर्माण गरिदिनुभएको छ। वार्षिकोत्सवको शुभ अवसरमा उक्त निर्मित संरचनाको औपचारिक हस्तान्तरण तथा उपयोग गरिएको थियो।

​सो क्रममा बोल्दै व्यवसायी एवं नेता तिरुवाले आफूलाई ज्ञान र संस्कार दिएर योग्य नागरिक बनाउन भूमिका खेलेको जन्मथलो र पाठशालाको ऋण कहिल्यै तिर्न नसकिने बताउनुभयो। विद्यालयको स्तरोन्नति र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि आगामी दिनमा पनि यस्तै रचनात्मक तथा सामाजिक सहयोग जारी राख्ने प्रतिबद्धता उहाँले जनाउनुभयो।

​कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूले उहाँको योगदानको सराहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

Leave a Reply