इन्द्रावतीका ४०० भन्दा बढी विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

​सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका विभिन्न वडामा अध्ययनरत ४०० भन्दा बढी विपन्न तथा आर्थिक रूपमा पछाडि परेका बालबालिकाहरूलाई पोसाक तथा स्टेसनरी सामान सहयोग गरिएको छ। बालविकास समाजको समन्वय तथा मिराल फाउन्डेसनको आर्थिक सहयोगमा गाउँपालिकाका वडा नम्बर १, २ र १२ मा रहेका विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विद्यालय झोला, स्टेसनरीका सामान तथा पोसाक वितरण गरिएको छ। ​सहयोग कार्यक्रमअन्तर्गत इन्द्रावती गाउँपालिका वडा नम्बर १ मा रहेका श्री सिम्पालेश्वरी माध्यमिक विद्यालय, श्री भुवनेश्वरी आधारभूत विद्यालय, श्री हिमाञ्चल आधारभूत विद्यालय, श्री नवकन्या आधारभूत विद्यालय र गोलमेश्वरी आधारभूत विद्यालयका बालबालिकाहरूलाई सामग्री प्रदान गरिएको छ। यसैगरी वडा नम्बर २ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय, श्री सरस्वती आधारभूत विद्यालय र श्री प्रतिभा आधारभूत विद्यालयका विद्यार्थीहरूले पनि सहयोग प्राप्त गरेका छन्। त्यस्तै वडा नम्बर १२ मा रहेका श्री भिमेश्वरी माध्यमिक विद्यालय, श्री पञ्चकन्या आधारभूत विद्यालय, श्री ढोटार आधारभूत विद्यालय र श्री इन्द्रावती आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई उक्त सामग्री वितरण गरिएको छ।

​सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा बालविकास समाजका कार्यक्रम संयाेजक प्रकाश महर्जनले कार्यक्रमको कुल खर्च, पारदर्शिता तथा वित्तीय विवरण समुदायस्तरमै सार्वजनिक गर्नुभएको थियो। उहाँले समुदायमा लैङ्गिक तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रयोग गरिने मर्यादित शब्दावली, विपद्को समयमा सुरक्षित रहने उपायहरू र समावेशी पहिचानको महत्त्वका विषयमा उपस्थितहरूलाई अभिमुखीकरण गराउनुभएको थियो।

​उक्त कार्यक्रममा बालविकास समाजका तर्फबाट इच्छाराम सापकोटा, सपना बस्नेत र सन्जुमाया तामाङको सहभागिता रहेको थियो भने मिराल फाउन्डेसनका तर्फबाट रेजी बुढाथोकी र प्रवेश विष्टको उपस्थिति रहेको थियो। स्थानीय जनप्रतिनिधि, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

आर्थिक रूपमा कमजोर बालबालिकाहरूलाई नियमित विद्यालय आउन र पठनपाठनमा निरन्तरता दिन यस सहयोगले ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

यसअघि ईनद्रावती गाउँपालिका वडा नम्बर १२ मा महिलाहरूकाे लागि (Seep) परीयाेजना मार्फल महिला साक्षरता र वित्तिय ज्ञानका साथै जिविकाेपार्जनकाे कार्यक्रम सञ्चालन गरीएकाे थियाे ।

साथै हिजाे भएकाे कार्यक्रममा शारीरिक तथा बाैद्धउक अपाङ्गता भई श्री पञ्चकन्या आधारभुत विद्यालयमा अध्ययनरत सुनिल दनुवारलाई शैक्षिक सामाग्रीका साथै ह्विलचियर सहयाेग गरीएकाे थियाे ।

Leave a Reply