बाढीपीडितलाई इन्द्रेश्वरीका विद्यार्थीको सहयोग: खाजा खर्च कटाएर पठाए १५ हजार भन्दा बढी

* # शिक्षा समाचार समाज

मेलम्ची । प्रायः बालबालिका आफ्नो दैनिक खाजा खर्च चकलेट वा खेलौनामा उपयोग गर्न रुचाउँछन्। तर, मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले भने यही खाजा खर्च कटाएर विपद्मा परेकाहरूका लागि गिर उदाहरणीय बनेका छन्।

रसुवाका बाढीपहिरोपीडितको घाउमा मलम लगाउन उनीहरूले आफ्नो बचतबाट १५ हजार ५ सय १५ रुपैयाँ संकलन गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका हुन्। विद्यालयको बिहानी प्रार्थनामा विपद्मा ज्यान गुमाउनेहरूप्रति एक मिनेट मौनधारण गर्दै सुरु भएको यो अभियानले सानै उमेरमा बालबालिकामा मानवीय संवेदना, करुणा र सामाजिक उत्तरदायित्वको भाव जगाएको छ।

शिक्षक लेखनाथ भट्टराईका अनुसार यो रकम केवल आर्थिक सहयोग मात्र नभई संकटका बेला एकापसमा हातेमालो गर्ने संस्कारको अभ्यास हो। विद्यार्थीको यो प्रयासले ‘थोपा-थोपा मिलेर समुद्र बन्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै विपद्ग्रस्त परिवारका लागि आशाको किरण छरेको छ।

Leave a Reply