ईन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सम्पन्न : राजेश्वरीको दबदबा कायमै, सातौँ पटक च्याम्पियन

इन्द्रावती गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राजेश्वरी माध्यमिक विद्यालयले उचालेको छ। राजेश्वरी माविले ८ स्वर्ण पदक जित्दै लगातार सातौँ पटक च्याम्पियन बन्दै आफ्नो दबदबा कायमै राखेको हो। उपाधिसँगै राजेश्वरी माविले लगातार छैटौँ पटक रनिङ शिल्ड समेत आफ्नो कब्जामा राख्न सफल भएको छ। प्रतियोगिताको समग्र विजेता बन्दै विद्यालयले नगद तीन लाख रुपैयाँ पुरस्कार […]

Continue Reading

इन्द्रावतीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु: खेल र शिक्षाको विकासमा जोड

​सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा ७ औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ। वडा नम्बर १० स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयद्धारा आयोजित प्रतियोगिताको औपचारिक उद्घाटन आज गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गमलामा पानी हालेर प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष नेपालले खेलकुद र शिक्षा एकअर्काका […]

Continue Reading

ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक । एसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको रुचि र चाहनाअनुसार विषयवस्तु चयन गरी अध्ययन–अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा विद्यालयले कम्तीमा एउटा विषयमा विद्यार्थीलाई दक्ष […]

Continue Reading

समाजसेवी विमल थिङद्वारा नवलपुरका महिला भलिबल टोलीलाई जर्सी प्रदान

नवलपुर । समाजसेवी तथा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिका सदस्य बिमल थिङले आज नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल टोलीलाई जर्सी वितरण गर्नुभएको छ । इन्द्रावती गाउँपालिका–१० स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा माघ ३, ४ र ५ गते आयोजना हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर थिङले आफ्नै पहलमा नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल खेलाडीहरूलाई जर्सी […]

Continue Reading

ईन्द्रावती–५ स्थित पुष्पगंगा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा अवस्थित पुष्पगंगा आधारभूत विद्यालयको सुविधा सम्पन्न नवनिर्मित भवनको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापा, वडा सदस्य राधिका तिमल्सिना, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, सामाजिक संघ–संस्था, अभिभावक, शिक्षाप्रेमी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वडाध्यक्षको […]

Continue Reading

शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न मन्त्री तामाङको आव्हान

पाल्चोक ।बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री कृष्णकुमार तामाङले शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न सबैलाई आह्वान गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जय बागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयलाई प्रगतिको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि हातेमालो गर्दै आएको र अब पनि आफ्नो […]

Continue Reading

मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविरका साथै क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

आफूलाई क्यान्सर लाग्दाखेरिकाे तितो पीडालाई सामर्थ्यमा परिणत गरि त्यसबेला उपचारको क्रममा भाेगेकाे आर्थिक अभावबाट पाठ सिकी आगामी दिनमा क्यान्सर प्रभावित गरिब निसहायहरुलाई सहयोग गर्नका लागि क्यान्सर विजेता हर्क लामाकाे अगुवाइमा थालिएको १८०० किलोमिटर लामो मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियानकाे ११ दिन मेलम्ची -१२ बाहुनेपाटी आइपुगेको छ। यस साइकल यात्रामा लिड राइडरको रुपमा हर्क लामा […]

Continue Reading

मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माविलाई

मेलम्ची । मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले उचालेको छ । गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से मा.वि.ले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत […]

Continue Reading

मेलम्चीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख आइतमान तामाङले पानसमा बती बालेर उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले अनुशासन नै खेलको गहना भएको उल्लेख गर्दै खेलाडीहरू अनुशासित, मेहनती र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो। नगरप्रमुख तामाङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने महत्वपूर्ण माध्यम भएको […]

Continue Reading

सरस्वती माविको ६३ औँ वार्षिकोत्सव तथा ३२ औँ अभिभावक भेला सम्पन्न

हेलम्बु । हेलम्बु गाउँपालिका–४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा ३२औँ अभिभावक भेला सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय कृष्णकुमार तामाङ (समीर)को प्रमुख आतिथ्यता तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालयमध्ये एक मानिने उक्त विद्यालय […]

Continue Reading