इन्द्रावती ७ मा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा १२५ जनाले सेवा लिए

रेडियो मिसन ।  इन्द्रावती गाउँपालिका–७ मा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १२५ जनाले सेवा लिएका छन् । बोडगाउँ आधारभूत अस्पताल तथा जय नेपाल सँस्थाको सहयोगमा वडा नम्बर ७ को आयोजनामा बुधवार सम्पन्न शिविरमा ५१ जान पुरुष ७४ जान गरी १२५ जनाले सेवा लिएका  हुन् । शिविरमा भिडियो एक्सरे, स्त्रीरोग, इसिजि, सुगर जाँच, सामान्य […]

Continue Reading

दुवाचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५० भन्दा धेरैले लिए सेवा

दुवाचौर । मेलम्ची नगरपालिका –७ दुवाचौरमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन । स्तुपा सामुदायिक अस्पताल काठमाडौंको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ को आयोजनामा स्वास्थ्य शिविर गरिएको हो । स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धि सेवा, सामान्य चिरफार सेवा, सामान्य चिकित्सा सेवा, निःशुल्क औषधि वितरण सेवा र महिलाहरुको […]

Continue Reading

दादुरा – रुवेला खोप अभियान सञ्चालनका लागी इन्द्रावतीमा योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रम

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले दादुरा रुबेला खोप अभियान २०८०/८१ को पालिका स्तरीय खोप समन्वय समितिको योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत राजाराम कार्कीले (भोलि) शुक्रवारबाट स्थानीय तह हरुमा खोप पठाइने जानकारी दिँदै खोप अभियानका लागी स्वास्थ्यकर्मीहरुहरुले प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने […]

Continue Reading

हेलम्बुमा स्वास्थ्य शिविर सञ्चलन

हेलम्बु । हेलम्बु गाँउपालिकाको २ स्थानमा आज स्वास्थ्य शिविर आयोजना गरिएको छ । हेलम्बु -२ किउलमा नि :शुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनौट शिविर सम्पन्न भएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिदुर ज्योती जानकारी दिनुभयो । शिविरमा ८४ जनाले सेवा लिएका थिए ती मध्य ८ जनालाई मोतिविन्दु भएको पाइएको उहाँले बताउनुभयो । उनिहरुलाईलाई मेलम्चीमा फागुन […]

Continue Reading

प्रथम इन्द्रावती गाउँपालिका स्तरीय 7A साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० सुरु

इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० को आज शनिवार उद्घाटन भएको छ । प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले रेफ्री लाई बल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिकाका पर्व अध्यक्ष वंशलाल तामाङको विशेष आतिथ्यता रहेको थियो […]

Continue Reading

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत 

हेलम्बु, सिन्धुपाल्चोक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताउनुभएको छ ।   हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताउनुभएकाे हाे । गुम्बा विकास समितिका पदाधिकारीले गुम्बा निर्माणमा सरकारले सहयोग गर्नु पर्ने माग […]

Continue Reading

घरेलुको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री जफत गरि नष्ट

घरेलु तथा साना उद्योग कार्याललयको छड्के अनुगमन टोलीले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर बजारमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेको छ । नवलपुर बजारको बिभिन्न पसलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएको चाउचाउ,बिस्कुट चकलेट,पापड, मस्यौरा,पेयपदार्थ अनुगमन टोलीले जफत गरेको हो । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि […]

Continue Reading

मेलम्चीमा भएको नि:शुल्क आयुर्वेद स्वास्थ्य सिविरमा १२ सयले लिए सेवा

रेडियो मिसन, मेलम्ची ।राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निस्शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार २ सय भन्दा बढी स्थानिय बासिन्दाले सेवा लिएका छन । स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र […]

Continue Reading

मेलम्चीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट मेलम्चीमा सुरु भएको । प्रतियोगिताको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथी आइतमान तामाङले खेलले खेलाडीहरुलाई अनुशासित बनाउने उल्लेख गर्नुभयो । उहाँले वडा वडामा खेल मैदान बनाउने काम भइरहेको उल्लेख गर्दै मैदान बनेपछि थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रमुख तामाङले खेलाडी हरुको […]

Continue Reading

राज्यले संस्कृत भाषाको संरक्षणका लागी लगानी बढाउने छ : स्वास्थ्य मन्त्री बस्नेत

रेडियो मिसन। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनु पर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औं जन्मजयन्तीको अवसरमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षणमा जोड दिन सकेमात्र संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले […]

Continue Reading