लैङिगक हिंसा विरुद्धको अभियान अन्तर्गत अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

सुनकोशी गाउँपालिकाको आयोजनामा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु बिच अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न भएको छ । प्रतियोगीतामा सुनकोशी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा जाल्पा मावि कोठे प्रथम,वाघभैरव मावि ठोकर्पा दोस्रो, महेन्द्रदोय मावि तृतिय र गणेश मावि चौथो भएको थियो । […]

Continue Reading

स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा चेतनामुलक र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० औ महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा चेतनामुलक ¥याली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सरसफाइ किट उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ लगायतले महिला स्वास्थ्य स्वमसेविकाहरुले समाजमा स्वास्थ्य […]

Continue Reading

स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ

मेलम्ची । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाको संयुक्त प्रयास” भन्ने नाराका साथ २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ गरिएको छ । १३ वटा वडा सहभागी भएको कार्यक्रममा लिखित मार्फत ६ वटा समुहलाई दोस्रो चरणमा प्रवेश गरिएको स्वास्थ्य शाखाका प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । त्यसमध्ये वडा नम्बर १ […]

Continue Reading

जलेश्वरी आविको ४६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

इन्द्रावती ९ मा रहेको जलेश्वरी आधारभूत विद्यालयको ४६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस बनाएको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक शैक्षिक […]

Continue Reading

मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी सेवा सुरु

मेलम्ची नगर अस्पताल मेलम्चीमा फिजियोथेरापी सेवा सुरु भएको छ । मेलम्ची नगर अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाड जोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ ।  टुकी संघ सुनकोसी र ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशन नेपालबिचको साझेदारीमा मेलम्ची नगर पालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरूको शारीरिक पुनर्स्थापना […]

Continue Reading

ज्यामिरेमानेमा महीला स्वास्थ्य शिविर सम्पन्न, ४९१ जनाले सेवा लिए

इन्द्रावती गाउपालिका वडा नम्बर ८ मा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । आज एक औपचारिक कार्यक्रम गरी शिविर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाका नागरिकहरूको सेवाको लागि शिविर आयोजना गरेको बताउनुभयो […]

Continue Reading

उर्लाबारी आगजनी घटनाका घाइतेलाई भेट्न बर्न अस्पतालमा स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपुजाको राती भएको आगजनीमा परेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । घाईतेहरुको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिन र उनीहरुलाई भेट्न मन्त्री बस्नेत बिहीबार(आज ) किर्तिपुर बर्न अस्पताल पुग्नुभएको थियो । उर्लाबारीमा भएको आगजनीमा गरेर घाइते भएकाहरु मध्ये २५ जनाको उपचार […]

Continue Reading

मेलम्ची ९ ज्यामिरेमा स्वास्थ्य चौकीको भवन उद्घाटन सम्पन्न

मेलम्ची नगरपालिका वडा नं. ९ स्थित ज्यामिरे स्वास्थ्य चाैकीकाे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र र वडा अध्यक्ष किरणदिप खड्काले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै नगर प्रमुख तामाङले सेवादिने कुरामा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले जग्गा दातालाई धन्यवाद दिदै […]

Continue Reading

मोटरसाइकल दुर्घटनाका घाइतेलाई बाह्रबिसे -काठमाडौं सम्पर्क मञ्चको सहयोग

नेकपा एमाले बाह्रबिसे काठमाडौं सम्पर्क मन्चले आफ्नो आबधिक योजना बनाइ बिभिन्न सिर्जनात्मक काम गर्ने निर्णय गरेको छ । काठमाडौंको नारायण टार स्थित जिल्ला सम्पर्क मन्चको कार्यालयमा शनिबार बसेको बाह्रबिसेको दोश्रो बैठकले यस्ता बिभिन्न निर्णयहरु गरेको हो । बैठकले केहि दिन अघि बाग्मती प्रदेश अबिधेशनको प्रतिनिधि छनोट निर्वाचनमा मतदानका लागी जानेक्रममा मोटर साइकल दुर्घनामा परी काठमाडौंको […]

Continue Reading

सिन्धुपाल्चोकको स्वास्थ्य समिक्षा, त्रिपुरासुन्दरी प्रथम मेलम्ची दोस्रो स्थानमा

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक कार्यक्रम समिक्षा सम्पन्न भएको छ । कार्यक्रममा समिक्षा सहित जिल्लाका उत्कृष्ट स्वास्थ्य शाखाहरु पुरकृत भएका छन् । शुक्रबार र शनिबार जिल्ला सदरमुकाम चौतारामा सम्पन्न स्वास्थ्य समिक्षा सहित गत आर्थिक वर्षमा कार्य सम्पादन मुल्याङ्कनका आधारमा पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीले जानकारि दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था पहिचान […]

Continue Reading