जलबिरेमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४२ जनाले गरे रगत दान

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

जलबिरे ।
रक्तदान, जीवनदान, सुनकोशी इन्द्रावती समाजको अभियान’ भन्ने मूल नाराका साथ बलेफी १ जलबिरेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी इन्द्रावती समाज, नेपाल रेडकस सोसाइटी जलविरे उपशाखा र बलेफी गाउँपालिका वडा नं. १ को संयुक्ता आयोजनामा जलबिरे युवा क्लवको भवनमा रक्तदान आज भएको रक्तदानमा ४२ जनाले रगतदान गरेका छन् ।

कार्यक्रममा सबैभन्दा कम उमेर १९ वर्षका जिना तामाङले समेत रगत दान गर्नुभएको छ । वडा अध्यक्ष हुपबहादुर खड्का, सुनकोशी इन्द्रावती समाजका अध्यक्ष भूपेन्द्र थापाको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आफ्नो भनाइ राख्दै सुनकोशी इन्द्रावती समाजका अध्यक्षले सन् २०२० मा सिन्धुपालचोमा १० पटक रक्तदान कार्यक्रम गरिएको बताउँदै आजको कार्यक्रम जिल्लामा यस वर्ष पाँचौँ पटक रहेको बताउनुभयो ।

यसरी जम्मा भएका रगत ब्लड ब्यागमा जम्मा परीक्षण गरेर ब्लड बैंकलाई प्रदान गर्ने र वागमति प्रदेश भित्र निम्न आयस्तर भएका रोगीहरुलाइ प्रदेश सरकारले रकम उपलब्ध गराई रोगीलाई रगत बितरण गरी जीवन दान गर्ने गरेको समाजका अध्यक्ष भूपेन्द्र थापाले जानकारी दिनुभयो । आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै वर्षमा ४ पटक सम्म कार्यक्रमको आयोजना गर्ने नेपाल रेडकस सोसाइटी जलविरे उपशाखाका सभापती गणेशराज श्रेष्ठले बताउनुभयो ।


कार्यक्रमलाई व्यवस्थापन गर्न जलबिरे युवा क्लव, नेपाल रेडक्रस सोसाइट जलविरे उपशाखा साथै सिन्धु विकास बैंक, नमूना बचत तथा ऋण सहकारी, मानुषी लघुवित, आनन्द मावि र फोड़ा मेटामोर्फिक बिद्यालयका शिक्षकहरूले सहयोग गरेको थियो ।

Leave a Reply