हैबुङ्ग स्वास्थ्य चाैकीकाे भवन उद्घाटन भएकाे छ । नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले एक कार्यक्रमका बिच शनिवार भवनकाे उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले अस्पतालमा आगामी दिनमा गर्नुपर्ने सम्पुर्ण सहयोगका लागी आफू तयार रहेको बताउनुभयो । उहाँले आफू जनप्रतिनिधि नभएको बेलामा गरेको विकासको स्मरण गर्दै यश बर्ष ईतिहासकै धेरै बजेट क्षेत्र नं २ मा आएकाे दावी गर्नुभयो । आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निशुल्क उपचार गर्ने व्यबस्था गरेको उल्लेख गर्दै बस्नेतले शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताउनुभयो । यस क्षेत्रका सांसद समेत रहनु भएका पुर्व मन्त्री बस्नेतले अस्पतालमा आवश्यक जनशक्ति र सामग्रीको ब्यबस्थापन गर्न आफुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य कृष्ण कुमार तामाङ (समीर)ले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन १ कराेड ५० लाख बजेट प्रदेश बाट विनियाेजन गरेकाे बताउनुभयो । उहाँले यस अस्पताललाई नगर अस्पताल बनाउनकाे लागि प्रदेश बाट पहल बताउदै सिन्धु बेल्टकाे मुहार फेर्न कुनै पार्टी नभनी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सांसद तामाङले विकासका काममा राजनीतिक रुपमा विभाजन नहुन समेत आग्रह गर्नुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो कार्यकालमा सो अस्पताललाई नगर अस्पताल बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आवश्यक जनशक्ति र कर्मचारी नगरपालिकाले दिने बताउँदै अन्य उपकरण प्रदेश र संघले उपलब्ध गराउन आग्रह गर्नुभयो । धुलिखेल र काठमाण्डाै बाट हुने सेवा यहि बाट प्राप्त हुने भन्दै मेलम्ची वासीलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरि लागेको उद्घोष गर्नुभयो । नगर प्रमुख तामाङले कृषि र पर्यटनकाे क्षेत्रमा धेरै काम गर्नुपर्ने स्मरण गर्दै सबैकाे साथ सहयाेग भएमा समृद्व नगरपालिका बन्ने बताउनुभयो ।
नगर उपप्रमुख उमा प्रधानले सुविधा सम्पन्न भवन बनेसंगै गुणस्तरीय र सहज रुपमा सेवा सुविधा पनि प्रदान गर्नुपर्ने बताउनुभयो । उपप्रमुख प्रधानले यस भेगको नागरिकको मुख्य समस्या समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कि मेलम्ची त कि काठमाडौ पुग्नुपर्ने बाध्यताको समेत अन्त्य भएको दावी गर्नुभयो ।
निवर्तमान नगर प्रमुख डम्बर अर्यालले नेपाली जनताले स्वास्थ्यसेवा सहज ढंगले पाउनुपर्ने भन्दै त्यसलाई आफ्नो हकको रुपमा प्रयोग गर्न समेत सुझाउनुभयो । बिरामीहरुको चापलाई हेरेर निर्णय गर्ने हो भने मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउनुपर्ने उहाँको भनाइ थियो । निवर्तमान नगर प्रमुख अर्यालले यो भेगको ६ वटा वडालाई सहज हुनेगरी सम्पुर्ण सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
निवर्तमान उपप्रमुख भगवती नेपालले यस अस्पताल लाई नगर अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरमा र केन्द्रमा समेत एउटै सरकार भएकाले अहिले नै मेलम्ची नगर अस्पताललाई प्रादेशिक र यश अस्पताललाई नगर अस्पतालको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
पुर्व वडा अध्यक्ष तथा जग्गादाता वसन्त गुरूङले आफू वडा अध्यक्ष हुँदा खेप्न परेको दुखलाई स्मरण गर्दै अहिले आफ्नै ठाउँ यति ठूलो अस्पताल बनेकोमा खुशी लागेको बताउनुभयो । पाेस्टमार्टम गर्न मेलम्ची पुग्नपर्थ्यो त्याे पिडाले धेरैनै पाेल्थ्याे, एक्सरे गर्ने ठाउँ थिएन, कुकुरले टाेकेमा उपचार गर्ने अवस्था थिएन । त्याे अवस्थालाई मध्यनजर गर्दै याे अस्पतालकाे लागी पहल गरेकाे गुरुङले बताउनुभयो । जुन दिन अस्पताल बन्छ त्याे दिन म अस्पतालकाे छतमा ७ मिनेट सुत्छु भनेकाे थिए त्यति आनन्द भएको छ भन्दै खुशी साट्नुभयो ।
होम निर्माण /इफ्फाता जे.भी.ले निर्माणको जिम्मा पाएको अस्पताल भवन १९ महिनामा निर्माण कार्य सम्पन्न गरिएकाे निर्माण ब्यबशायी कुमार गुभाजुले जानकारी दिनुभयो । ८ करोड ५६ लाखमा थकनी र हैबुङमा गरि २ वटा भवन निर्माण सम्पन्न भएको गुभाजुले बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष कुमार बन्जराको अध्यक्षता भएको कार्यक्रम नगरपालिकाका कर्मचारी राजेन्द्र दुलालले संचालन गर्नुभएको थियो भने अन्य वडाका वडा अध्यक्षहरु, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी ज्ञानेन्द्र सिग्देल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य शिविर समेत भएकाे थियाे । विशेषज्ञ डाक्टरहरद्वारा विभिन्न राेगहरुकाे चेकजाँच गर्नुका साथै उपचार गरीएकाे थियाे ।