घोर्थली,सिन्धुपाल्चोक
जिल्लाको दुर्गम त्रिपुरासुन्दरी गाउँपालिका वडा १ घोर्थलीमा बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी उद्घाटन भएकाे छ । पुर्व स्वास्थ्यमन्त्रि तथा प्रतिनिधी सभाका सदस्य माेहन बहादुर बस्नेतले बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी उद्घाटन गर्नुभएकाे हाे ।
त्रिपुरासुन्दरी गाउँपालिकाले ‘त्रिपुरासुन्दरी उद्धघाटन सप्ताह २०८१’ कार्यक्रम राख्दै पहिलो दिन सरकारी अनुदान ३८ लाख ५० हजार बजेटमा ठड्याइएको भवन पूजापाठ गरेर रिबन काट्दै विधिवत उदघाट्न गर्दै संञ्चालनमा ल्याएकाे छ । सात दिन लगातार प्रशासनिक भवन ,पुलसहितका संरचना उदघाट्न गर्ने कार्यक्रम रहेको गाउँपालीकाले जनाएको छ ।
बर्थिङ सेन्टरको सुविधा भएपछि वृद्ध खड्का खुशी भएर रोएको त्रिपुरासुन्दरी गापाका अध्यक्ष भक्तध्वज बोहोराले बताउनुभयाे । अब पहिलेजस्तो सुत्केरी र गर्भवतीले बाह्रबिसे धाउन नपर्ने उहाँले बताउनुभयाे । गर्भवती र प्रसुती ब्यथाले च्याप्दा चारघण्टा बढी समय लगाएर बाह्रबिसे नगर अस्पताल, धुलिखेल अस्पताल धाउनु पर्ने समस्या हटेपछि स्थानीय खुसि भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालीका १ का ८७ वर्षे पूर्व वडाध्यक्ष कर्णबहादुर खड्काले सात वर्षअघि यही गाउँमा स्वास्थ्य चौकीको माग गर्दा गाउँसभाबाट निकालिएको क्षण सम्झिएर उहाँ एकाएक भक्कानिनुभयाे । आफु अपमान सहेर निक्लिए पनि आज त्यो सपना पुरा भएकोमा खुसि व्यक्त गर्नुभयाे ।
नेपाल सरकारको ३८ लाख ८६ हजार रुपियाँ अनुदानमा सुबिधासम्पन्न स्वास्थ्यचौकी निर्माण भएपछि दुर्गमगाउँ घोर्थली, बाह्रबिसे नगरपालिका–१ र आसपासका हजारौं स्थानीयले सेवा पाउने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । तत्कालीन स्वास्थ्यमन्त्री हुदाँ माेहन बहादुर बस्नेतले घोर्थलीसहित सिन्धुपाल्चोकका ३९ वटा स्वास्थ्य चौकीका लागि १५ करोड १५ लाख ५४ हजार बढी बजेट उपलब्ध गराउनु भएको थियो ।
अध्यक्ष बोहराकानुसार त्रिपुरासुन्दरी गापाले नेपाल सरकार र बिभिन्न निकायबाट सम्पन्न बिकास, निर्माण, गापा भवन लगायतको साताब्यापी उद्घाटन कार्यक्रम हिजाेबाट सुरु गरेको छ । आज दुई नम्बर वडामा स्वास्थ्य स्वास्थ्य कार्यालयको भवन उद्घाटन हुनेछ।
