इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुरमा सुरु

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

श्री नवलपुर माध्यमिक विद्यालयको आयोजनामा इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुर माध्यमिक विद्यालयमा सुरु भएको छ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा तथा वडाध्यक्ष क्षेत्र बहादुर तामाङको प्रमुख आतिथ्यमामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष तामाङले  यो प्रतियोगिता आफैंमा विशेष रहेको बताउनुभयाे। समाजलाई परिवर्तन गर्ने शिक्षकहरुको बौद्धिकता लाई तिर्खान पनि प्रतियोगिताको आयोजना गरेको तामाङले बताउनुभयाे ।खेलको माध्यमबाट समाजलाई परिवर्तन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयाे । आगामी दिनमा पनि व्यवस्थित तरिकाले अन्य प्रतियोगिताको संचालन गरिने पनि वडाध्यक्ष तामाङले बताउनुभयाे।

८ ओटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो  हुने विद्यालयले शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

कार्यक्रममा स्वागत मन्तव्य नवलपुर माध्यमिक  विद्यालयका प्रधानध्यापक सुरेन्द्रमान श्रेष्ठले राख्नुभएकाे थियाे।

कार्यक्रममा इन्द्रावती गाउँपालिका ४ का वडा सदस्य गोविन्द तामाङ ,रेशम बहादुर तामाङ लगायत ८ ओटै विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको कार्यक्रम नवलपुर माध्यमिक विद्यालय व्यबस्थापन समितीका अध्यक्ष शेर बहादुर तामाङकाे अध्यक्षतामा भएकाे थियाे ।

आज समुह चरणका सबै खेलहरु सम्पन्न गर्ने आयाेजककाे तयारी रहेकाे छ । प्रतियोगिताको समापन भने भोलि हुने छ।

Leave a Reply