३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ । अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै […]

Continue Reading

मेलम्ची नवलपुर चाैतारा सडकखण्डकाे मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने

रेडियो मिसन, नवलपुर । मेलम्ची नवलपुर चाैतारा सडकखण्ड अन्तर्गत मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने भएकाे छ । आज नाग पञ्चमिकाे अवसर पारेर मेलम्ची नगर प्रमुख आईतमान तामाङले शिलान्यास गर्नुभएकाे छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख आईतमान तामाङले स्थानिय सरकार बिकासकाे सारथि भएकाे बताउनुभएकाे छ । समृद्ध मेलम्ची निर्माण गर्ने अभियानमा याे बाटाेकाे काम सुरू हुनु खुशीकाे […]

Continue Reading

अनेमसंघ (क्रान्तिकारी) ले अर्को महिना जिल्ला भेला गर्ने

रेडियो मिसन ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १३ गते जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । नेकपा ९माओवादी० केन्द्रले लिएको ३ महिने जनतासंग माओबादी रुपाञ्तरण अभियानलाई पकड्दै संघले भाद्र मशान्तसम्ममा गाउँपालिका, […]

Continue Reading

आँखा पाक्ने रोग देखिएमा मेलम्चीका विद्यालयहरु बन्द गर्न सकिने

मेलम्ची नगरपालिकामा आज बसेको आपतकालिन बैठकले आँखा पाक्ने रोग देखीएमा विद्यालयहरु बन्द गर्न सकीने निर्णय गरेको छ । मेलम्ची नगरपालिकामा फैलिएको आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)  को प्रकोपको कारणले केहि विद्यार्थीहरुमा संक्रमण देखिएकाले पालिकाभित्र संचालित विद्यालयहरु आवश्यकता अनुसार सम्बन्धित वडा शिक्षा समितिको निर्णयले विदा दिन सक्ने निर्णय गरेको हो । नगर प्रमुख आइतमान तामाङको […]

Continue Reading

मेलम्ची नगरपालिकाको कृषि विकास शाखाको भवन शिलान्यास

मेलम्ची नगरपालिका, कृषि विकास शाखा भवनको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङज्यूबाट शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नं. १० का वडा अध्यक्ष अमृत खनाल लागतको उपस्थित रहेको थियो । उक्त भवन कृषि तथा पशुपन्छि मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास योजना, आर्थिक […]

Continue Reading

६ किलोमिटर टाढाबाट मेलम्ची बजारमा आईपुग्यो खानेपानि

मेलम्ची बजारमा खानेपानि आईपुगेको छ । ६ किलोमिटर टाढा रहेको मुहानस्थलबाट खानेपानि मेलम्चीमा आईपुगेको हो । मेलम्ची नगरपालिका वडा नं. ११, मेलम्ची बजारको खानेपानी समस्या समाधानका लागि ६ किलोमिटर टाढा नुहार खोला र बडहरे खोलाको मुहानबाट ल्याइएको खानेपानी आइतबार बिहान मेलम्ची बजारमा आईपुगेपछि मेलम्ची नगरप्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभएको थियो । स्वच्छ खानेपानि सबैको लागि […]

Continue Reading

जुगल हीमालमूनि फलेको आलु काठमाण्डौंको बजारमा

सिन्धुपाल्चोक जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा उत्पादन भएको आलु यतिबेला राजधानिमा धमाधम बिक्री भईरहेको छ । जुगल गाउँपालिकामा उत्पादन भएको आलुले राजधानीमा बजार पाउन थालेपछि सिन्धुपाल्चोक जुगलका किसानहरु आम्दानि गर्न थालेका छन् । हिमाली क्षेत्रमा अन्य बालीहरुको तुलनामा आलु खेती धेरै हुने गरेको छ । झण्डै ३ टन आलु विक्री वितरणका लागि राजधानी पु¥याईएको […]

Continue Reading

मेलम्चीका नागरिकलाई सरकारले न्याय दिएन : गोकुल बास्कोटा

मेलम्ची, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला इन्चार्ज गोकुल बास्कोटाले मेलम्चीका नागरिकलाई सरकारले न्याय दिन नसकेको बताउनुभएको छ । राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मंच नेपाल द्वारा आयोजित मेलम्ची नगर स्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । छुमन्तरकि बाचा, छोयो कि निको हुने गठबन्धनको सरकार बनेको भन्ने ब्यंग्य गर्दै बासकोटाले […]

Continue Reading

आँखा पाक्ने रोग रोकथामका लागी क्यौरानीका बिद्यालर्थीहरुलाई चस्मा र औषधी

रेडियो मिसन । मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरिनीको श्री जलवाई देवि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आखाँ पाक्ने रोग रोकथाम तथा नियन्त्रणका लागि चस्मा तथा आइ ड्रप बितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि समाजसेवी युवा नेता प्रकाश सापकोटा, अस्री अटो माबाइल्स प्रालि का सञ्चालक मनिषराज पाण्डे र सन्तोष रोकाको सहयोगमा उपलब्ध गराएको उक्त […]

Continue Reading

सिन्धुपाल्चोकमा ९ जनामा डेंगु संक्रमण, ८ जना मेलम्चीका

रेडियो मिसन ।सिन्धुपाल्चोकमा हालसम्म ९ जनामा डेंगु संक्रमण देखिएको छ । त्यस मध्यमा ८ जना संक्रमित मेलम्चीको रहेको जिल्ला स्वास्थ्य प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो । १३९ जनामा गरिएको परीक्षणमा चौतारा साँगाचोकगढी नगरपालिकामा १ र मेलम्चीमा ८ जना गरि जम्मा ९ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । डेंगु संक्रमण बढ्दै गएको हुनाले यसको नियन्त्रण […]

Continue Reading