नवलपुर ।
बागमती प्रदेश सरकारको तीन करोड लागतमा इन्द्रावती गाउँपालिका स्थित राजेश्वरी स्कूल नजिकै सहिद स्मृति अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहल निर्माण हुने भएको छ।
बहुबर्सीय योजना अंर्तगत सम्झौता मितिबाट दुइ बर्स भित्र सम्पन्न गर्ने गरी बजेट सुनिश्चितता भएको हो। उक्त अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहलको बजेट सुनिश्चितता भए सगै बोल पत्र आह्वान प्रक्रिया समेत अघि बढी सकेको बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलाल ज्यूका स्वकीय सचिव दिपक न्यौपानेले जानकारी दिनुभयो ।
कवर्डहल निर्माण सङै इन्द्रावती गाउँपालिकाको मात्रै नभै जिल्लाभर समग्र खेल क्षेत्रको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने आकलन समेत गरिएको छ।