सप्रोस नेपाल र सिबिएमको साझेदारीमा सञ्चालित समुन्नती परीयोजना समापन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
सप्रोस नेपालको समावेशि जिविकोपार्जन समृद्धि समुन्नती परीयोजना समापन भएको छ । आज इन्द्रावती गाँउपालिकाको सभाहलमा एक कार्यक्रम परीयोजनाको गरी समापन गरीएको हो ।

कार्यक्रमको अवसरमा बोल्दै गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले स्थानिय सरकारले बहन गर्नुपर्ने दायित्व पूरा गर्न साथ दिएको बताउनुभयो । अपाङ्गता भएका तथा पुर्वाधार बिकासको क्षेत्रमा सप्रोस नेपालले काम गरेको उहाँले बताउनुभयो । अपाङ्गता भएकाहरुलाई संगठित गरी सीप बिकासमा संस्थाले गरेको काम अतुलनिय रहेको उहाँले बताउनुभयो । पालिकाले ग वर्गका नागरिकलाई भत्ता दिन सुरू गरेको र हरेक महीनाको २१ देखि २५ गतेसम्म अपांग अशक्त तथा जेष्ठ नागरिकको लागि स्वास्थ्य परीक्षण गर्ने गरेको उहाँले बताउनुभयो । साथै सामाजिक शुरक्षा भत्ता घरमै पाउने व्यावस्था मिलाएको पनि उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रमको अवसरमा बोल्दै गाँउपालिकाका उपाध्यक्ष शोभना तामाङले संस्थाले पालिकाका अपाङ्गता भएका नागरीकहरुलाई क्षमता बिकास गर्नुका साथै सिप बिकास गर्न सहयोग गरेको बताउनुभयो । आगामि दिनमा पालिकाले यस्ता कार्यक्रममा साझेदारी गरेर जाने पनि उहाँले बताउनुभयो ।

ईन्द्रावती वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले कोरोनाको समय तथा अपाङ्गता भएकाहरूको क्षमता बिकासका साथै पालिकाको कर्तव्य पूरा गरीदिएको बताउनुभयो । ईन्द्रावती वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले पालिकामा रहेका अपाङ्गहरूलाई क्षमता बिकास तथा आयआर्जनमा सहयोग गर्नुका साथै तथ्यांक संकलनमा सहयोग पुगेको बताउनुभयो ।
ईन्द्रावती वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खातिले सप्रोसले जिविकोपार्जनमा गरेको सहयोग प्रशंसायोग्य रहेको बताउनुभयो साथै आगामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

ईन्द्रावती वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले अपाङ्गता भएकाहरुको हकमा वडाले हालेमालो गर्दै जाने बताउनुभयो । अपाङ्गता भएकाहरूको लागि विद्यालय आवश्यक रहेको उहाँले बताउनुभयो ।

अपाङ्ग सञ्जालको तर्फबाट मायाको चिनो प्रदान गर्दै अध्यक्ष आकाश ठकुरीले सबै समुहबाट पिछडिने अपाङ्गनै भएकाले पालिकाले थप कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय अधिकारका लागि आफैं लड्न सक्ने भएको बताँउदै अझै धेरै कुराहरु पुरा हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

स्वाबलम्बन समुहको तर्फबाट बोल्दै लोकमान तामाङले धेरै कुरा सिक्न अवसर पाएको बताउनुभयो । संगठित हुन सिक्नुका साथै खेति गर्ने तरिका तथा पशुपालनको सिप बिकासमा संस्थाले काम गरेको बताउनुभयो ।

सप्रोस नेपालले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती र हेलम्बु गाँउपालिकामा काम गरीरहेको छ । विगत ४ बर्ष देखी संस्थाले काम गरीरहेको छ । संस्थाले हालसम्म ५२ जिल्लामा काम गरिसकेको छ । इन्द्रावतिमा ६१४ जना अपांगता भएकाहरूलाई सहयोग गर्नुका साथै १९ वटा समुहहरूलाई क्रियाशिल बनाएको छ ।

bsh

कार्यक्रममा ईन्द्रावती गाँउपालिकाका जनप्रतिनिधीहरु, कर्मचारहिरु सिबिएमका बिकास प्याकुरेल, सिन्धुपाल्चोक परियोजना प्रमुख सञ्जय शर्मा गुरागाँइ, काठमाडौं कार्यलयका बिजय कार्कि, अपाङ्ग सञ्जालका अध्यक्ष तथा सदस्यहरु, अपाङ्गता भएकाहरुका साथै सरोकारवालाहको सहभागिता रहेको थियो ।

Leave a Reply