इन्द्रावतीका सबै सामुदायिक विद्यालयमा न्यानाे कपडा र वाटर डिस्पेन्सरः ७ हजार बढी विद्यार्थी लाभान्वित

​सिन्धुपाल्चोक गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री। सुन्दा कुनै ठूलो सरकारी आयोजना वा वैदेशिक सहायता प्राप्त परियोजना जस्तै लागे पनि यो इन्द्रावती गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा सम्भव भएको छ— केवल एक जना समाजसेवी तथा शैक्षिक अभियान्ताको अटुट सङ्कल्प र एकल प्रयासबाट। ​तीन वर्षअघि […]

Continue Reading

इन्द्रावतीका ४०० भन्दा बढी विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

​सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका विभिन्न वडामा अध्ययनरत ४०० भन्दा बढी विपन्न तथा आर्थिक रूपमा पछाडि परेका बालबालिकाहरूलाई पोसाक तथा स्टेसनरी सामान सहयोग गरिएको छ। बालविकास समाजको समन्वय तथा मिराल फाउन्डेसनको आर्थिक सहयोगमा गाउँपालिकाका वडा नम्बर १, २ र १२ मा रहेका विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विद्यालय झोला, स्टेसनरीका सामान […]

Continue Reading

इन्द्रावती बहुमुखी क्याम्पसको १९औँ स्थापना दिवस तथा वार्षिक सभा सम्पन्न

इन्द्रावती बहुमुखी क्याम्पस मेलम्ची–११ को वार्षिक क्याम्पस सभा, १९औँ स्थापना दिवस तथा सञ्चालक समिति गठन कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘शरद’को प्रमुख आतिथ्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सीपी दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची […]

Continue Reading

ईन्द्रावतीका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता

ईन्द्रावती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पहिलो चरणका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ। गाउँपालिकाले शैक्षिक नेतृत्वलाई सुदृढ र जवाफदेही बनाउन प्रधानाध्यापक छनोट प्रक्रिया पूरा गरी औपचारिक रूपमा करार सम्झौता गरेको हो। ​गाउँ कार्यपालिकाको कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकहरूलाई हार्दिक बधाई दिँदै […]

Continue Reading

शैक्षिक अभियान्ता मोहनबहादुर गिरीद्वारा राजेश्वरीमा न्यानो कपडा वितरण: ५५ हजार बढीको अक्षय कोष स्थापना

​इन्द्रावती, सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा नम्बर ७ स्थित श्री राजेश्वरी माध्यमिक विद्यालयका ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूका माझ उत्साह र खुसी छाएको छ। गाउँपालिकामै जन्मिएर लामो समयदेखि समाजसेवा र शिक्षा क्षेत्रमा समर्पित शैक्षिक अभियान्ता मोहनबहादुर गिरीले विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा र सफा खानेपानीका लागि वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो। […]

Continue Reading

आफूले पढेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ : समाजसेवी सुवास तिरुवा

समाजसेवी, नेपाली कांग्रेसका नेता एवं नेपाल ग्रिल तथा स्टिल व्यवसायी सुवास तिरुवाले आफूले अध्ययन गरेको विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग पुर्‍याउन पाउँदा खुसी व्यक्त गर्नुभएको छ। ​सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै तिरुवाले उक्त कुरा बताउनुभएको हो। ​आफ्ना स्वर्गीय हजुरबुवा विक्रम […]

Continue Reading

बाढीपीडितलाई इन्द्रेश्वरीका विद्यार्थीको सहयोग: खाजा खर्च कटाएर पठाए १५ हजार भन्दा बढी

मेलम्ची । प्रायः बालबालिका आफ्नो दैनिक खाजा खर्च चकलेट वा खेलौनामा उपयोग गर्न रुचाउँछन्। तर, मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले भने यही खाजा खर्च कटाएर विपद्मा परेकाहरूका लागि गिर उदाहरणीय बनेका छन्। रसुवाका बाढीपहिरोपीडितको घाउमा मलम लगाउन उनीहरूले आफ्नो बचतबाट १५ हजार ५ सय १५ रुपैयाँ संकलन गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका […]

Continue Reading

बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई मेहनत र अनुशासनमा जोड

मेलम्ची । इन्द्रेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर तथा छात्रवृत्तिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिनोद नेपाल स्मृति फाउन्डेसन (BNSF) को छात्रवृत्तिअन्तर्गत प्राविधिक धारको सिभिल इन्जिनियरिङ (सब–इन्जिनियर तह) अध्ययन गरिरहेका विद्यार्थीहरूसँग शैक्षिक गुणस्तर, अध्ययन प्रगति तथा सफलताका विषयमा छलफल गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई मेहनत, अनुशासन र नियमित अध्ययनमार्फत उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो अध्ययन सफलतापूर्वक पूरा […]

Continue Reading

इन्द्रावतीमा समग्र विकासको आधार बलियो बन्दै, शाखागत प्रगति उत्साहजनक

नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा भएका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न शाखाबाट सञ्चालन गरिएका कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ। समीक्षामा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पशु तथा कृषि, सामाजिक सुरक्षा, डिजिटल सेवा र उद्यम विकासलगायतका क्षेत्रमा काम गरेको विवरण प्रस्तुत गरिए पनि सीमित आन्तरिक स्रोत, कर्मचारी अभाव, योजना कार्यान्वयनमा […]

Continue Reading

बालबालिकाको शिक्षा र भविष्य निर्माणमा सेवक नेपाल, मनायो १२ औँ स्थापना दिवस

सेवक नेपालको संरक्षणमा ३८ बालबालिका, १२औँ स्थापना दिवसमा सामाजिक सेवाको प्रतिबद्धता काभ्रे । “जसको कोही छैन, त्यसको लागि सेवक नेपाल छ” भन्ने अभियानलाई अघि बढाउँदै सेवक नेपालले आफ्नो १२औँ स्थापना दिवस मनाएको छ। मण्डनदेउपुर नगरपालिका–९ स्थित बालगृहमा आयोजित कार्यक्रममा संस्थाले संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्य निर्माणमा गर्दै आएको कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त […]

Continue Reading