मेलम्ची । इन्द्रेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर तथा छात्रवृत्तिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बिनोद नेपाल स्मृति फाउन्डेसन (BNSF) को छात्रवृत्तिअन्तर्गत प्राविधिक धारको सिभिल इन्जिनियरिङ (सब–इन्जिनियर तह) अध्ययन गरिरहेका विद्यार्थीहरूसँग शैक्षिक गुणस्तर, अध्ययन प्रगति तथा सफलताका विषयमा छलफल गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई मेहनत, अनुशासन र नियमित अध्ययनमार्फत उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो अध्ययन सफलतापूर्वक पूरा गर्न सुझाव तथा प्रोत्साहन प्रदान गरिएको थियो।
सोही अवसरमा फाउन्डेसनको छात्रवृत्तिअन्तर्गत सब–इन्जिनियर अध्ययन सफलतापूर्वक पूरा गरेकी मानवी पुरीलाई सम्मानपत्र प्रदान गरी उनको सफलताको प्रशंसा गरिएको थियो।
फाउन्डेसनले आगामी दिनमा पनि योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको शिक्षा र प्राविधिक सीप विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
