मेलम्ची–६ मा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नं. ६ द्वारा आयोजित शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

वडा सभापति नुर्बु लामाको सभापतित्व तथा बागमती प्रदेश सरकारका पूर्वमन्त्री, बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ का क्षेत्रीय सभापति माननीय कृष्णकुमार तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) का सभापति, मेलम्ची नगरकार्यसमितिका सभापति, निर्वाचित जनप्रतिनिधिहरू, पार्टीका विभिन्न तह र तप्कामा आबद्ध नेता तथा क्रियाशील सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै पार्टी संगठनलाई सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो।

Leave a Reply