रेडियो मिसन ।
४ महिने व्यावसायीक टेलर सम्बन्धि तालिमको आज समापन गरिएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा मेलम्चीमा आयोजित ४ महिने सिलाई कटाई तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायीक रुपमा लाग्नेलाई नगरले थप तालिमको ब्यबस्था गर्ने बताउनुभयो । यसबाट आयाअर्जनमा टेवा पुग्ने उहाँको विश्वास छ । सरकारले पटक पटक गरेर तालिममा लगानी गरेकाले यसको सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । तामाङले साझेदारीमा सामग्री समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसअघि रिड र मेलम्ची नगरपालिकाले आधारभुत तालिम दिएका २४ जना सिमान्तकृत,जनजाति तथा अन्य महिला तालिममा सहभागी रहेको नगरपालिकाका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
अभिया तालिम केन्द्रका अध्यक्ष मिङ्मार तामाङल मेलम्ची भेगमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्षका साथ आफुहरुले तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
२४ सहभागि भध्य १४ जना आयाअर्जनमा जोडिएको उहाँले बताउनुभयो । सहभागि मेनुका कोइरालाले मेसिनको लागि नगरले सहयोग गरे अझ सामुहिक रुमपमा काम गर्न सकिने बताउनुभयो । त्यस्तै अर्का सहभागि सम्झना दनुवारले थप तालिमले उर्जा मिलेको बताउनुभयो । तामाङ र शर्मिला श्रेष्ठले तालिमको सहजिकरण गर्नभएको थियो ।