थाक्लेमा रहेको बुद्ध पार्कमा बनेको बुद्ध मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

* # जीवन शैली समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नम्बर १२ थाक्लेमा रहेको बुद्ध पार्कमा बनेको बुद्ध मूर्तीको प्राण प्रतिष्ठा गरिएको छ । बौद्ध धर्मगुरु खेन्पो सर्वजित गोङबाले पूजा गरी प्राण प्रतिष्ठा गर्नुभएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले शान्तिको मार्ग बौद्धमार्ग भएको बताउनुभयो । संसार भरिका बुद्धधर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानव जातिका लागि महत्त्वपूर्ण रहेको बताउँदै प्रधानले बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गर्नुभयो ।


कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष गणेश बहादुर तामाङ, पूर्व जिल्ला सम्न्वय समिती प्रमुख कृष्ण गोपाल तामाङ, नेकपा एमाले मेलम्ची नगरका अध्यक्ष उपेन्द्र तामाङ लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा घर्मगुरु खेन्पो सर्वजित गोङबाल प्रवचन दिनुभएको थियो ।


मेलम्ची नगरपालिकाको २० लाख बजेटबाट उक्त बृद्ध मूर्ती निर्माण भएको हो । कार्यक्रमका अध्यक्ष सोमराज घ्लानले आफ्नो ठाँउमा यो संरचना बन्नु खुसिको कुरा भएको बताउनुभयो । साथै कार्यक्रममा उपस्थीत स्थानीयले घर्मगुरुबाट वाङ थापेको थिए ।
के हो प्राण प्रतिष्ठा ?
प्राण–प्रतिष्ठा भनेको एउटा विशिष्ट खालको ‘अनुष्ठान’ हो । अनुष्ठान गर्दै मन्त्रको साथ ‘भगवान’को मूर्ति स्थापना नै प्राण–प्रतिष्ठा हो । प्राणको अर्थ जीवन र प्रतिष्ठाको अर्थ स्थापना । दुई शब्द जोडिएर बनेको ‘प्राण–प्रतिष्ठा’को शाब्दिक अर्थ जीवन शक्तिको स्थापना हो, अर्थात् देवतालाई जीवनमा ल्याउनु हो । प्राण–प्रतिष्ठाभन्दा अघि कुनै पनि मूर्ति पूजा योग्य हुँदैन। अर्थात् त्यसमा जीवन हुँदैन । प्राण–प्रतिष्ठा नगरिएको मूर्तिलाई ‘निर्जीव’ मानिन्छ । प्राण–प्रतिष्ठा पछिमात्रै त्यो मूर्तिमा जीवनशक्ति भरिएको मानिन्छ र बल्ल त्यसलाई देवता मानिन्छ । पूजाको समाप्तीसँगै मूर्तिमा विधिवत प्राण–प्रतिष्ठा भएको मानिन्छ र मुर्तिले साक्षात देवताको रूप धारण गरेको विश्वास गरिन्छ ।

Leave a Reply