सिन्धुपाल्चोकमा ९८ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुवेला विरुद्धको खोप

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
सिन्धुपाल्चोक जिल्लामा ९८ प्रतिशत बालबालिकाले दादुरा–रुवेला विरुद्धको खोप लगाएका छन् । गत फागुन १४ गतेबाट सुरु भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १५ हजार ३ सय ९१ बालबालिका खोपबाट लाभान्वित भएका हुन् । १५ हजार ६ सय ७० बालबालिकालाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईँले बताउनुभयो ।

९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहलाई लक्षित गर्दै सुरु भएको अभियान जिल्लाको १२ वटा पालिकाको २५३ वटा खोप केन्द्रबाट सञ्चालन भएको थियो । स्वास्थ्य प्रमुख बजगाँइका अनुसार अभियानमा ३५३ खोपकर्ता स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

Leave a Reply