मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

* # समाचार समाज


रेडियो मिसन, काभ्रे ।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ को मानेभिरमा टिपर दुर्घटना भएको छ । बालुवा लिएर वडा कार्यालय तर्फ जाँदै गरेको बा ५ ख ४७६२ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकको खुट्टा भाँचिएको छ । सिन्धुपाल्चोक घर भएका चालक अन्दाजी २० वर्षीय सतिन माझीको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

टिपरमा तीन जना सवार थिए । अन्य दुइ जना भने समान्य घाइते रहेको बताइएको छ । तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

Leave a Reply