राष्ट्रिय मानव अधिकार एलायन्स मेलम्चीको दोस्रो नगर अधिवेशन सम्पन्न अध्यक्षमा बानियाँ

* # समाचार समाज सिन्धुपाल्चोक

राष्ट्रिय मानव अधिकार एलायन्स, मेलम्ची नगर कमिटीको दोस्रो नगर अधिवेशन मेलम्चीमा सम्पन्न भएको छ । मानव अधिकार एलायन्सका केन्द्रीय सचिव मधुसूदन सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिव मधुसूदन सापकोटा, विशेष अतिथि एमाले नेता शेेर ब. तामाङ, , डोल्मा लामा , सुवाष कर्मचार्य , हस्त पण्डित, जनप्रतिनिधि लगाएत उपस्थित रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि सापकोटाले कार्यक्रममा मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा संगठन सुदृढीकरणका विषयमा बताउनुभएको छ ।

अधिवेशनकै अवसरमा नेकपा एमाले सिन्धुपाल्चोकबाट निर्वाचित केन्द्रीय सदस्यहरू शेेर ब. तामाङ, डोल्मा लामा , सुवास कर्मचार्य, हस्त पण्डित र प्रदेश सचिव बालकृृष्ण देउजा लाई बधाई तथा सम्मान समेत गरिएको छ ।
मानव अधिकार एलायन्सका मेलम्ची नगर कमिटी रुद्र प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा
सुवास बानियाँको अध्यक्षतामा १७ जनाको नयाँ समिति गठन भएको छ ।

Leave a Reply