तातोपानि नाका हुँदै पहिलो पटक तेस्रो मुलुकमा नेपाली सामाग्री निर्यात

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

उत्तरी नाका भएर तेस्रो मुलुकमा पहिलो पटक नेपाली सामाग्री निर्यात भएको छ ।

७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज सिन्धुपाल्चोक, तातोपानी नाका भएर जापानमा नेपाली सामाग्री निर्यात भएको हो ।

भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीन ट्रान्जिट भएर उत्तरी नाकाबाट नेपालकै इतिहासमा पहिलो पटक निर्यात सुरु भएको छ । हाललाई २४ सय बक्सा वाई वाई जिङ्ग चाउचाउ चीन भएर जापान निर्यात भएको भन्सार प्रमुख केसीले जानकारी दिनुभयो । त्यस्तै भियतनाममाबाट तातोपानी नाका नै भएर बेसार आयात भएको पनि उहाँले जानकारी दिनुभयो । गत वैशाख १८ गतेबाट दुईतर्फी रुपमा नै नाका सञ्चालनमा आएपछि पछिल्लो पटक चीनबाट आयातमा वृद्धि भएको छ । 

तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दैनिक २५ कन्टेनर सामाग्री नेपाल भित्रिने गरेको छ । आयातमा वृद्धि भए पनि निर्यात भने ठप्प प्राय रहँदै आएको तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामाग्री निर्यात हुन थालेपछि भने नाका भएर निर्यातमा पनि वृद्धि हुने विश्वास गरिएको   छ ।  

Leave a Reply