चौतारा l
चोरी मुद्धाका एकजान फरार अपराधी ६ वर्ष पछि पक्राउ परेको छ ।
२०७३ जेठ २ गते भक्तपुर जिल्ला अदालतको फैसलाले ठगि मुद्दामा १ वर्ष कैद र दुई लाख छैसठ्ठी हजार छ सय अरसठ्ठी रुपैया जरिवाना सजाँय भई फरार रहेका वाह्रविसे नगरपालिका वडा नं. ३ का देवराज तामाङलाई प्रहरीले आज पक्राउ गरेको हो ।
फरार रहेको ६ वर्ष पछि ईलाका प्रहरी कार्यालय वाहविसेका प्रहरी टोलीले बिहिवार पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको र अदालतले निज तामाङलाई लागेको कैदजरिवाना सजाँय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।