ईन्द्रावती गाँउपालिकामा खाद्य तथा पोषण शुरक्षा सुधार आयोजनाको सार्वजनिक सुनुवाई तथा बहु सरोकारवाला बैठक सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
फ्यानसेपले हाल ईन्द्रावती गाँउपालिकाको कृषि र पशुपालन क्षेत्रमा काम गरीरहेको छ । परीयोजना अन्र्तगत पहिलो त्रैमासिकमा भएका कामहरुको विषयमा आज छलफल तथा सार्वजनिक सुनुवाई गरीएको हो । नेपाल सरकार कृषितथा पशुपन्छि बिकास मन्त्रालय मातहत रहेर काम गरीरहेको परीयोजनाले गरेको काम, अवसर र चुनौतिको विषयमा बरीष्ठ कृषि अधिकृत राजेश कुमार केशिले प्रश्तुतिकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै सभाध्यक्ष तथा गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले ७० प्रतिशत कृषक रहेको पालिकाका जनतालाई जिविकोपार्जन सहज बनाउन पालिकाले पनि पहल गरीरहेको बताउनुभयो । आफु निर्वाचित हुंदा पालिकाले दुधबाट भित्र्याउने रकम दोब्बर भन्दा बढीले बढाउन सकेको अध्यक्ष नेपालले बताउनुभयो । चिस्यान केन्द्रहरुको स्थापना र अनुदानमा बृद्धी नै यसको मुल आधार भएको पनि उहाँले बताउनुभएको छ । कृषि औजार, सिप बिकास, उन्नत बिउ र व्यावसायीकरणमा संस्थाले थप जोड दीनुपर्ने उहाँले बताउनुभएको छ । संस्थाले सुरु गरेका राम्रा कामहरुलाई निरन्तरता दिन र प्रभावकारी बनाउन पालिकाले पनि साथ दिने उहाँले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुर्ण प्रसाद दुलालले यस्ता परीयोजनाले कृषि र पशुपालनमा परीवर्तन आउने आशा राखेको बताउनुभयो । यि क्षेत्रमा लगानि भएका करोडौं लगानिले प्रतिफल देखिने गरी कामगर्नुपर्ने उहाँले बताउनुभयो । ईन्द्रावती गाँउपालिका आयातमुखी नभई निर्यातमूखी हुनुपर्ने उहाँले बताउनुभएको छ । किसानको उत्पादनको बजारीकरण र व्यावसायीक बनाउनु पर्नेमा उहाँले जोड दिनुभएको छ ।
यस आर्थिक बर्षमा पनि परीयोजनाले ईन्द्रावतीमा गर्ने विभिन्न कार्यक्रमको विषयमा छलफल भएको थियो । यसबर्ष परीयोजनाले १० करोड ३० लाख रकम बराबरको काम गर्ने योजना बनाएको छ । कार्यक्रममा पालिकाका शाखा प्रमुखहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।