नेपाली कांग्रेस सिन्धुपाल्चोकले प्रतिनिधि सभा क्षेत्र नम्बर २ ले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
श्रेत्रीय कार्यसमितीको निर्णय अनुसार पार्टीले प्रतिनिधि सभा (प्रत्यक्ष तर्फ) का लागि पहीलो नम्बरमा वंशलाल तामाङ लाई सिफारीस गरेको छ । यस्तै विकास तामाङ, पासाङ दोङ, उद्धव बानियाँ र भूपेन्द्र थापा लाई सिफारिस गरेको छ । विष्णुविक्रम थापा, राजेन्द्र गोर्खाली, विलबहादुर तामाङ, जितबहादुर थिङ, राधिका पौडेल, जङ्गबहादुर लामा, भिम लामा, भरत खड्का, सूर्यप्रसाद न्यौपाने, जमुना दंगाल र विष्णुप्रसाद घोरासैनीलाई सिफारिस गरेको छ ।
यस्तै, समानुपातिक तर्फ शिवबहादुर सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनारलाई सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यका लागि राजेन्द्रमान ताल्चाभडेल, श्री लामा, विष्णु खड्का र दया मिश्रको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेस प्रदेश कार्यसमिति, बागमती प्रदेशको तर्फबाट समन्वय गरी केन्द्रमा सिफारिस पठाइएको जनाइएको छ। उक्त निर्णय पार्टी संगठन सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गरी गरिएको बताइएको छ ।
