सुनकोशी नदीमा विपद् उद्धारको पूर्वतयारी अभ्यास

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, सिन्धुपाल्चोक ।
मनसुनको समयमा बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई चोखिम उद्धार गरिने पूर्वतयारीको अभ्यास गरिएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा विपद् उद्धारको पूर्वतयारी अभ्यास गरिएको हो ।

मनसुनजन्य विपदको हिसावले ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात अगावै पूर्वभ्यास गरिएको हो । अभ्यासको क्रममा सुनकोशी नदीमा एक्कासी बाढी आई खेतमा काम गरिरहेका दुई जना कृषकलाई बगाएको, स्थानीयले प्रहरीलाई खवर गरेको र प्रहरी तथा उद्धार टोलीले उद्धार गरिएको घटनाको काल्पनिक दृश्य देखाईएको थियो । साथै पहिरोमा फसेका तथा डुङ्गा पल्टिएर नदीमा फसेकाहरुको उद्धारको पनि सफल उद्धार गरिएको अभ्यास भएको छ ।

सिन्धु पर्यटन ब्यवसायी संघको सहयोग, जिल्ला विपद ब्यवस्थापन समितिको आयोजना र तीनै वटा सुरक्षा संयन्त्रको सहकार्यमा भएको अभ्यासमा नेपाल रेडक्रस सोसाईटी, स्वास्थय कार्यालय र चौतारा नगरपालिका स्वास्थ्य शाखाले अभ्यासको क्रममा उद्धार गरिएका घाईतेहरुलाई प्राथमिक उपचार तथा अस्पताल सम्म पु¥याउने अभ्यासमा सक्रिय देखिएका थिए ।

विपद्ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व नै पूर्ण रुपमा पूर्व तयारीका काम भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो । विपद् पूर्वानुमा तथा प्रतिकार्य योजनामा जिल्ला विपत् ब्यवस्थापन समितिले चरणवद्ध कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारि दिनुभयो । कृतिम घटना अभ्यास कार्यक्रममा विपद्मा सही सूचना प्रदान गर्न, विपत् निम्तने विकासका काम रोक्न पर्ने नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्यले आफ्नो धारण व्यक्त गर्नुभएको छ ।

साथै स्थानीय विपद् ब्यवस्थापनलाई थप प्रभावकारी वनाई स्थानीय आपतकालिन संचालन केन्द्र संचालनमा जोड दिन उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा विकासको मापदण्ड अवलम्वन तथा अनुगमनमा जोड दिने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

Leave a Reply