ज्यामिरे । मेलम्ची नगरपालिका बाट पाँचपाेखरी जाेड्ने बैकल्पिक मार्ग स्तराेन्नती गरिने भएकाे छ । झरीकाे समयमा पनि सडक स्तराेन्नतीकाे लागी मेलम्ची नगरप्रमुख आइतमान तामाङ सहित इन्जिनियरहरूद्वारा नापजाँच गरिएकाे छ ।

मेलम्ची बाट ज्यामिरे, सुनखानी हुँदै पाँचपाेखरीकाे लाँगर्चे, लाँगर्चेबाट भाेटेनाम्लाङ हुँदै गुन्सा भाेताङ जाेड्ने सडकलाई बैकल्पिक मार्गकाे रूपमा प्रयाेग गरिने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयाे । साे सडककाे डिपिआर (DPR) समेत भईसकेकाे छ । टेन्डर खाेल्नकाे लागि इन्जिनियर र मेयर तामाङ सहितकाे टिम द्वारा सडककाे नापजाँच गरिएकाे हाे ।

साे सडककाे लागि तीन कराेड बजेट सुनिश्चित भएकाे नगरप्रमुख तामाङले जानकारी दिनुभयाे । मेलम्ची तिपेनीकाे बाटाे जुनसुकै बेला जाेखिम हुनसक्ने भएकाले याे बाटाेकाे शुरू गर्न लागिएकाे नगरप्रमुख तामाङकाे भनाई छ । साे सडककाे अधिकाँस भाग खाेलाकाे किनारमा पर्ने भएकाले जाेखिम हुने उहाँकाे भनाई छ ।

आइतवार विहान ७ बजेदेखि नै सडककाे नापजाँच गरिएकाे र सडक नापजाँच पछि टेन्डर प्रक्रियामा जाने बाटाे खुलेकाे मेलम्ची नगरपालिकाका इन्जिनियर तिलक बस्नेतले जानकारी दिनुभयाे । सडककाे फिनिसिङ ७ मिटर चाैँडाई हुने र नाली सहित ८ मिटर हुने इन्जिनियर बस्नेतले बताउनुभयाे । साे बैकल्पिक मार्गकाे प्राथमिकतामा बाटाे चाैँडाई, रिट्रेनिङ वाल र नाली निर्माण रहेका छन ।

सडक निर्माण पछि पाँचपाेखरी थाङ्पाल गाउँपालिका जाेड्ने दिगाे र बैकल्पिक मार्ग हुने मेलम्ची नगरपालिकाका प्रेस संयाेजक युवराज पुरीले जानकारी दिनुभयाे । याे सडक चिन संग जाेड्ने राजमार्गकाे रूपमा लिन सकिने बताइएकाे छ ।

