स्व लामाको २९ औँ दिनको पुन्य तिथिमा मेलम्चीमा श्रद्वाञ्जली सभा

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक


मेलम्ची । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती स्वर्गीय बिकास लामाको २९ औँ दिनको पुन्य तिथिमा मेलम्चीमा श्रद्वाञ्जली सभा गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा सभा गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती जंग बहादुर लामाले स्व बिकास लामा जस्तो इमान्दार नेताको कारण सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै सभापती लामाले आफु बिकास लामाको चेला भएको बताउनुभयो । आफुलाई अहिले यो ठाउँ सम्म पुराउन स्व लामाको ठुलो भुमिका रहेको उहाँको भनाई छ ।

सभापती तथा पाटीका क्षेत्र नम्बर २ का सभापती आइतमान तामाङले पार्टी संगठन बलियो भयो भने सबै बलियो हुने बताउनुभयो । साथै अहिले पार्टीमा गुट उपगुट नभएको भन्दै कांग्रेस बनाउन सबै लाग्न आह्वान गर्नुभयो । “पार्टी संगठनमा दुविधा छैन, सिन्धुपाल्चोक कांग्रेस एक भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो । सिन्धुपाल्चोक कांग्रेस यो भन्दा पनि सशक्त बनाउन सबै लाग्नुपपर्ने उहाँको भनाई छ ।

नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पुर्व स्वास्थ्य मन्त्री निमा लामाले २०३३ सालमा विपि कोइराला भारत बाट मेलमिलापको नीति लिएर आउनुभएको र त्यो नीति आज पनि सान्दर्भिक छ र भोली पनि सान्दर्भिक हुने बताउनुभयो । स्वर्गीय बिकास लामाको सम्झना गर्दै उहाँले संगठन राम्रो बनाउनुभएकोले २०७४ सालमा कांग्रेसले यस प्रदेशमा बिजय हाँसिल गरेको बताउनुभयो । लामा सँग ५१ साल देखि आफ्नो सम्बन्ध स्थापित भएको बताउँदै जिल्लामा पार्टीको लागि उल्लेख्य योगदान रहेको बताउनुभयो । उहाँले आफू सरकारमा हुँदा बिपि स्मृति भवनको लागी २५ लाख बिनियोजन गराएको र पार्टीको कार्यालय बनाउने उहाँको लक्ष्य रहेको बताउनुभयो ।

प्रदेश सांसद कृष्ण कुमार तामाङ समीरले स्वर्गीय बिकास लामा स्थानिय तहदेखि केन्द्रीय तहसम्मको निर्वाचनमा सक्रिय भुमिका खेलेर धेरै भोट ल्याउन सफल भएको बताउनुभयो । सबैलाई समान व्यवहार गरेको बतउँदै उहाँले गुटगत काम केही नगरेको बताउनुभयो । अग्रज नेताप्रति लक्षित गर्दै उहाँले भन्नुभयो निशेधको राजनिति नगर्न सचेत गर्नुभयो । मैले पाउँदा ठिक नपाउँदा बेठिक भन्दा पार्टी नै सकिने भएकोले उस्तो गर्न नहुने उहाँको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति सभापती वसन्त गुरूङले बिकास लामालाई बिपि कोइराला जतिकै सम्झने बताउनुभयो । “उहाँले मेरो जिन्दगी नै नेपाली कांग्रेस भनेर काम गर्नुभयो, अब जिल्लामा एकजुट भएको कांग्रेस बनाउन आवस्यक छ,” सभापती गुरुङले भन्नुभयो । बिकास लामाले देखाएको बाटोमा जंगबहादुर लामा लाग्नुभएको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बहादुर गोर्खालीले नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामा एक सच्चा र जनप्रिय नेता भएको बताउनुभएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेता गोर्खालीले अब यस जिल्लामा बिकास लामा जस्तो नेता पाउन कठिन रहेको बताउनुभयो ।

पुर्व क्षेत्रिय सभापती शिव प्रसाद लामिछानेले संगठनलाई मजबुद बनाउन प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । साथै किसानको घर घरमा कांग्रेस पुग्न आवस्यक रहेको उहाँको भनाई छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा स्वर्गीय लामा प्रति नेपाली कांग्रेसका नेताहरू द्वारा श्रद्वाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रम जिल्ला सभापती जंग बहादुर लामाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकका सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पुर्व स्वास्थ्य मन्त्री निमा लामा, प्रदेश सांसद कृष्ण कुमार तामाङ समीर, नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति सभापती वसन्त गुरूङ, नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बहादुर गोर्खाली, पुर्व क्षेत्रिय सभापती शिव प्रसाद लामिछाने लगायत पार्टीका बिभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply