बिकास लामा जस्तो इमान्दार नेताको कारण कांग्रेस पहिलो भयो : सभापती लामा

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । स्व बिकास लामा जस्तो इमान्दार नेताको कारण सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको जिल्ला सभापती जंग बहादुर लामाले बताउनुभयो ।

४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा बोल्दै सभापती लामाले आफु बिकास लामाको चेला भएको बताउनुभयो । आफुलाई अहिले यो ठाउँ सम्म पुराउन स्व लामाको ठुलो भुमिका रहेको उहाँको भनाई छ ।

स्व लामाले दिएको शिक्षा र प्रशिक्षणले आफु अहिले जिल्ला सभापती भएको उहाँले बताउनुभयो । उहाँको अपुरो काम पूरा गर्न तर्फ सबै लाग्नुपर्ने सभापती लामो धारणा थियो ।

साथै जिल्ला कार्यसमिति लगायत पालिका र वडाले सिफारिस गरेर पठाएका योजनाहरू प्रदेशले कटौती गरेको लामाले बताउनुभयो । प्रदेश जिताएर पठाएको कांग्रेसकै नेताले समेत संस्थागत रूपमा टिपोट गरेर पठाएका योजना समावेश नगरेको र यस्तो ढंगले चल्दा पार्टी संस्थागत रूपमा अगाडि बढ्न कठिन हुने उहाँको भनाई छ ।

४९ औँ दिनमा जिल्लामा शोक सभा गरेर स्व लामाको शालिक अनावरण गर्ने र उहाँको सम्झनामा किताब प्रकासन गर्ने सभापती लामाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा स्वर्गीय लामा प्रति नेपाली कांग्रेसका नेताहरू द्वारा श्रद्वाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रम जिल्ला सभापती जंग बहादुर लामाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकका सभापति आइतमान तामाङको सभापतित्वतामा सम्पन्न भएको हो ।

Leave a Reply