ईन्द्रावतिमा सात दिने कृषि यान्त्रिक उपकरण मर्मत तालिम सम्पन्न

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती कृषि सेवा शाखाको आयोजनामा कृषक स्तरीय ७ दिने कृषि यान्त्रिक उपकरण मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । 

इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालले किसानको समस्यालाई ध्यानमा राखी कृषिका लागि आवश्यकता अनुसार आधुनिक उपकरणहरूको मर्मत तालिमको आयोजना गरेको  बताउनुभयो । राज्यले दिएको अनुदानको कृषिमा आधारित ट्याक्टर जस्ता अन्य उपकरणहरू चलाउन्जेल चल्ने र बिग्रिए पछि मर्मतका लागि उच्च खर्च गरि मर्मत गर्नुपर्ने बाध्यतालाई समाधानको उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

पालिकामा किसानहरूलाई दिएको तालिमले आफ्नो यान्त्रिक उपकरणको मात्रै नभई व्यवसायीक रूपले अन्य छिमेकी पालिकाको पनि ट्याक्टर जस्ता यान्त्रिक उपकरणको मर्मत गर्न सक्ने क्षमतावान यान्त्रिक प्राविधिक हुनुपर्नेमा जोडदिनुभयो । 
अन्य पालिकाको पनि यान्त्रिक उपकरण मर्मत गर्न सक्ने क्षमतावान भएमा व्यवसायीक रूपले  आर्थिक वृद्धि समेत हुने उहाँको भनाइ थियो ।   आफू पनि किसान भएको स्मरण गराउँदै अध्यक्ष नेपालले पालिकाको कृषि विकासका निम्ति आफू निरन्तर लागि परिरहने प्रतिबद्धता  समेत  जनाउनुभयो। त्यसै अनुरूप  कृषि विकासका लागि  हेफर अन्तर्राष्ट्रिय नेपाल संस्था सँग साझेदारीको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो  । 


इन्द्रावती कृषि सेवा शाखा प्रमुख रबिना कोजुले तालिममा सबै वडाका २३ जनाको उपस्थित रहेको बताउनुभयो । सहभागीहरूलाई यान्त्रिक उपकरण मर्मतका लागि आवश्यक सामग्री टुल बक्स प्रादन गरिएको कोजुले बताउनुभयो । तालिमकर्ताहरुले डिजेल ट्याक्टर एक र पेट्रोल ट्याक्टर नौ  गरि दस वटा ट्याक्टरको इन्जिन सहित गेरबक्सको पनि मर्मत गर्न सफल भएको उहाँले  बताउनुभयो ।  


कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपालले सहभागी तालिमकर्ताहरुलाई प्रमाणपत्र सहित टुल बक्स प्रदान गर्नुभएको थियो ।  प्राविधिक सुदीप छ्वजु र सुसन धोजुले तालिमको सहजिकरण गराउनु भएको थियो ।

Leave a Reply