मेलम्ची –१२ लाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक


मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर १२ लाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको छ । वडा शिक्षा समितिको आयोजना र जालपादेवी मावि बाहुनीपाटीको समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको हो ।

वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

वडाका घर–घरमा पुगेर तथ्यांक संकलन गरी विद्यालय बाहिर रहेका ४ देखि १३ वर्षसम्मका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने कार्य सम्पन्न गरिएको थियो ।

साथै उक्त उमेर समुहका विद्यालय आउन कोहि छुटेका बालबालिका भए उनिहरुलाई समेत अनिवार्य शिक्षामा समेट्ने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।

Leave a Reply