इन्द्रावतिमा न्यायीक समितिको १२ वटै वडामा कार्यालय रहने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउपालिका न्यायिक समितिको समन्वय बैठक सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका उपाध्यक्ष एवं न्यायीक समिति संयोजक शोभना तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

उपाध्यक्ष एवम् समिति संयोजक तामाङले समितिलाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो । पालिकाको १२ वटै वडामा कार्यलय व्यवस्थापन गरि समितिलाई जागरुक बनाइने तामाङले बताउनुभयो ।

वडा नम्बर ४ का अध्यक्ष एवम् न्यायीक समिति सदस्य क्षेत्र बहादुर तामाङले मेलमिलाप सुचिकृत गरेको विवाद दर्ता किताब , फस्र्यौट किताब , विवाद समाधानको मिसिल फारमहरु र आइ, डि , कार्ड जस्ता न्युनतम महत्वपूर्ण सामग्रीहरुको आवश्यकता रहेको बताउनुभयो । उहाले आवश्यक सामग्रीहरुको व्यवस्थापन गरि समितिलाई जागरुक बनाउन पर्नेमा जोडदिनुभयो ।

बैठकमा १२ वटै वडामा कार्यलय ब्यवस्थापन गर्ने , समितिको मासिक बैठक बस्ने , समितिलाई जागरुक बनाउने निर्णय गरेको न्यायीक समितिका सहजकर्ता भुगोग आचार्यले बताउनुभयो । आचार्यले वडामा देखा परेका समस्या वादविवादहरु सम्बन्धित वडाका न्यायीक सहजकर्ताहरुले सहजीकरण गरिरहेको बताउनुभयो ।

Leave a Reply