इन्द्रावती ४ को समुदायसँग जनप्रतिनिधि कार्यक्रम नवलपुर माविमा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
समुदायसँग जनप्रतिनिधि कार्यक्रम इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले आज नवलपुर माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । वडा नम्बर ४ को आयोजना मेलमिलाप केन्द्र वडा नम्बर ४ को सह आयोजना र रेडियो मिसनको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका मेलमिलाप केन्द्र समन्वय संयोजक दया कुमारी मिश्रको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष क्षेत्रबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष क्षेत्रबहादुर तामाङ र सचिव मदन कुमार भट्टराईले वडाको सेवा प्रवाह मध्ये विशेष गरी पञ्जीकरण तथा पञ्जीकरण ऐन सम्बन्धी प्रष्ट पार्नुभएको थियो । आवश्यक कागजात तथा प्रकृयाहरु पुरा भएमा पञ्जिकरणका काम वडाबाट सहज रुपमा छिटो र छरितो रुपमा हुने बताउनुभयो । साथै शैक्षिक सत्रको सुरुमै यो कार्यक्रम गर्नुको तातपर्य अब बिद्यालयमा नया भर्ना हुनेहरुको अनिवार्य जन्मदर्ता सहित भर्ना गर्न जानकारी होस भन्ने रहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
पछि आउनसक्ने समस्यालाई मध्यनजर गर्दै यसमा बिद्यालय सचेत रहेको बिद्यालयका प्रधानाध्यापक धर्म कुमार खोखालीले बताउनुभयो ।

पञ्जीकरण सम्बन्धी वडामा आउने समस्या र यसको समाधानको बारेमा छलफल गरिनुका साथै पञ्जिकरण भनेको के हो ? पञ्जीकरण कुन अवस्थामा गर्नु पर्ने हुन्छ ? पञ्जीकरण किन गर्नुपर्छ भन्ने सम्बन्धी सचिव मदन कुमार भट्टराईले जानकारी गराउनुभएको थियोे । बिद्यालय शिक्षामा पञ्जिकरणको महत्व जसमा जन्मदर्ता किन आवश्यक छ र यसले पार्ने प्रभाबका बारेमा छलफल गरिएको थियो ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर तामाङ, प्रधानाध्यापक धर्मकुमार खोखाली, वडा सदस्यहरु, विद्यालयका शिक्षकहरू अभिभावकहरु, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर तामाङले बिद्यालयमा अभिभावकको चासो कम रहेको गुनासो गर्नुभयो । बिद्यार्थीको गुण्स्तरीय शिक्षाम अभिभावकको चासो अपरिहार्य रहेको बताउँदै यसको महत्व अभिभावकहरुले बुझ्न जरुरी रहेको उहाँको धारणा थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति मिश्रले सामुदायिक मेलमिलाप केन्द्र केहो ? यसको काम तथा किन आवश्यक छ भन्नेबारे जानकारी गराउनुभएको थियो ।

यस्तै कार्यक्रम निकट भबिष्यमै वडा भित्रका अन्य बिद्यालयहरुमा पनि गरिने वडा मेलमिलाप संयोजक शिव प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

साथै विद्यालयबाट एस इइ परिक्षा २०८० मा सहभागी हुने कक्षा १० का बिद्यार्थीहरुलाई परिक्षामा उत्कृष्ठ अंक ल्याउन सफल हुन शुभकामना सहित बिदाई पनि गरिएको थियो । नवलपुर माध्यमिक विद्यालयबाट यस वर्ष ३० जना बिद्यार्थीहरु माध्यामिक बिद्यालय शिक्षा परिक्षा एस इइमा सहभागी हुँदै छन् । कार्यक्रमको अवसरमा साथै विद्यार्थीहरूलाई छात्रवृद्धि समेत प्रदान गरिएको थियो ।

Leave a Reply