पाँचपोखरीका जनप्रतिनिधिको आक्रोस, संघ र प्रदेश सरकारले पाँचपोखरीलाई हेला गर्यो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियाे मिसन । पाँचपोखरी थाङपाल गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन गाँउपालिका अध्यक्ष टासी लामाको सभाअध्यक्षमा सुरु भएको छ ।

कार्यक्रममा दलिय प्रतिनिधिको रुपमा शुभकामना राख्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबोले प्रदेश र संघ सरकारले यो गाँउपालिकालाई हेला गरेको बताउँदै सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले बजेटले पर्यटनलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै एमालेबाट निर्वाचित वडा नं ६ का अध्यक्ष एवम पालिकाका प्रबक्ता नारायण भट्टराईले पनि संघ र प्रदेश सरकारले बजेटमा हेला गरेको बताउँदै काठमाडौबाट नजिकै रहे पनि बत्तिमुनिको अधेँरो जस्तै भएको बताउनुभयो ।

उहाँले पालिकाले शिक्षा र स्वास्थ्यमा ध्यान दिरहेको बताउँदै स्थानीय सरकार आएपछि हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो । उँहाले आन्तरिक श्रोतबाट भएपनि शिक्षकको व्यवस्थापन गरिएको बताउनुभयो ।

राप्रपाबाट निर्वाचित वडा नं ४ का अध्यक्ष कुलबहादुर बस्नेतले प्रदेश र संघ सरकारले बजेटमा गरेको व्यबहार आपत्तिजनक रहेको बताँउदै नेताहरुले बोलेको कुरा पुरा नगरेको बताउनुभयो ।

पालिका भवन उद्घाटनमा बर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिबद्धता गरेको मेलम्ची-भोताङ सडक निर्माणका लागि बजेट बिनियोजन नभएकोमा यहाँका जनप्रतिनिधि र स्थानीयले गुनासो गरिरहेका छ्न ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी , प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँइकेल लगायतको उपस्थिति रहेको छ ।

Leave a Reply